संसदमा ओलीको अट्याक्क/ के-के बोले ?

७ वैशाख, काठमाण्डौ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ल्याउनु अघि नै बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा संसदमा गएको जेठ ४ गते संभवत नयाँ तथ्य खुलासा गर्ने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा केन्द्रित हुँदै समग्र विषय वस्तुहरुमाथि आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

Advertisement

उनले आफूले विगतमा अघि बढाएका कार्यक्रमहरुलाई अहिलेको नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै आफ्ना उपलब्धिहरुको समेत फेहरिस्त प्रस्तुत गरेका छन् । सरकार र गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले उठाएका मुख्य विषयहरु यस्ता छन् ।
१ ’प्रधानमन्त्रीलाई लागेको होला यो सरकार सफल भनिदिए हुन्थ्यो, तथ्यांकले अर्को बोल्छ के गरौ ?’
२ रोम जलिरहँदा निरोले बाँसुरी बजाएजस्तै सरकारको नीति कार्यक्रम
३ म प्रधानमन्त्रीबाट हटेपछि संघीय भावनालाई समेटिएन
४ एमालेको पहलमा नियुक्त प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणतिर लागे
५ कुनैपनि कालखण्डको भ्रष्टाचार छानविन गरौं । इच्छा शक्ति देखाउ
६ निर्वाचनमा सत्तापक्षबाट कुटिकुटी मान्छे मारियो, व्यापक धाँधली गरियो
७ राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ?
८ छिमेक सम्बन्धमा काँतर मन र चिसो पन हुनु भएन
९ नागपासा खेलेझैं देशलाई ९९ बाट २ मा कसरी झार्नुभो?
१० २३ महिना संवैधानिक परिषद् नबोलाउने, प्रधानन्यायाधीश चाहियो कि चाहियो भन्ने?
११ जनतालाई दुःख दिन र अर्थतन्त्र ध्वस्त बनाउन कांग्रेस–माओवादीसहित गठबन्धन बनेको हो
१२ नेपालको सीमा सुरक्षित नै छ ? कालापानी, लिपुलेक र लम्पियाधुराको अवस्था कस्तो छ ?
१३ सरकारको नीति तथा कार्यक्रमको उद्देश्य छैन
१४. ३ नेताको बैठकमा दुईटा दूधले नुहाएका, म चाहिँ म्याउँ–म्याउँ गर्न गएको?
१५ भ्रष्टाचार जुनसुकै कालको भए पनि छानबिन हुनुपर्छ
१६ नीति कार्यक्रम फिर्ता लिनुस्, नत्र छक्का हानेर रिङ आउट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top