×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शरणार्थी प्रकरणमा हाईप्रोफाइल भनिएका खाँण र रायमाझीमात्रै हुन् ?

९ जेष्ठ २०८०

९ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरुलाई जोगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलले निकै दबाव दिएपनि अन्ततः गृहमन्त्रीको नेतृत्वमा नेपाल प्रहरीले प्रतिवादीहरुलाई राज्यविरुद्धको अपराधसम्मको कसुर लगाइने सिफारिससहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

पक्राउ परेका १६ जना र फरार सूचीका अन्य १६ जनालाई विभिन्न ५ वटा मुद्दा चलाउनु पर्ने निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । अब सरकारी वकिल कार्यालयले आगामी १० गतेभित्र यो मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिसक्नुपर्नेछ ।

Advertisement

सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार पक्राउ पर्नेहरुलाई राज्यद्रोह, ठगी र संगठित अपराधसहितका मुद्दा चल्न सक्ने छन् । केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) र राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउन सक्ने उनले बताए । सार्वजनिक पदमा पुगेकालाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी फाइल अघि बढाइएको छ ।

यो मुद्दामा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी एमालेका नेताहरुले व्यक्तिगत रुपमै प्रहरीलाई दबाब दिइरहेका प्रहरी स्रोतले बताएको छ । तर प्रहरीले राजनीतिक नेतृत्वको चर्को दबाबबीच गम्भीर अपराधसहितको कसुरमा फाइल अघि बढाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले यो प्रकरणमा विशेष चासो राख्दै प्रहरीलाई तारन्तार फोन गरेको कुरा यसअघि नै सार्वजनिक भएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले पनि आफ्ना नेतालाई पूर्वाग्रह राखेरै फसाइएको भन्दै त्यसको प्रतिकार गर्नेसम्मको चेतावनी दिएका थिए । दबाव निकै आएपछि पहिला अडानमै रहेका प्रधानमन्त्री प्रचण्ड पनि पछिल्लो चरणमा गल्दै गएको देखिएको प्रहरी अधिकारीले नै बताएका छन् ।

अन्य दलका ठूलै नेताहरुले तारान्तार कल गरेर थ्रेट दिने गरेको अनुशन्धानमा खटिएका अधिकारीहरु बताउँछन् । खासगरि रायमाझी र खाँणको मुद्दा कमजोर बनाउनुपर्ने दबाब आएको उनीहरुले बताएका छन् । यसैबीच पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको नाम पनि मुद्दाको फाइलमा मुछिएको छ ।

पक्राउ परेका बिचौलियाहरुले थापालाई नगद नै बुझाएको बयान दिएका छन् । यस्तै उनी गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको मोबाइलबाट पनि रकम लेनदेनका साथै नक्कली शरणार्थी बनाउन संलग्न रहेको प्रमाण फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ ।

यस्तै, इन्द्रजितबाटै हाल अख्तियार प्रमुख रहेका पूर्वगृहसचिव प्रेमकुमार राई संलग्न भएको प्रमाण प्रहरीले जुटाएको दाबी स्रोतको छ । बिचौलियाले नगद लगेर तत्कालीन सचिव राईको गाडीमा राखिदिएको बयान दिए पनि उनीविरुद्ध मुद्दा चल्ने सम्भावना कम छ । तर उनको पनि नाम यो मुद्दामा जोडिन पुगेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा र मञ्जु खाँणले पनि रकम बुझेको बिचौलियाले दाबी गरेका थिए । म्यासेजमा समेत दुवैजना मुछिएको अनुसन्धान अधिकारी बताउँछन् । तर अब उनीहरु पनि यो प्रकरणबाट करिब जोगिएका छन् । तत्काललाई उनीहरुको नाम यो प्रकरणमा नजोडिने भएको छ ।यद्यपी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित ५ जनाविरुद्ध पनि पूरक अभियोजन लैजान बाटो खुला गर्दै प्रहरीले प्रतिवेदन बुझाएको छ ।

एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम प्रतिवेदनमा उल्लेख गरिएको छ । उनीहरुविरुद्ध थप प्रमाण जुट्नासाथ पूरक अभियोग लैजान बाटो खुल्ला गरिएको हो ।

Advertisement

शरणार्थी प्रकरणको सुरुवात बादल गृहमन्त्री र प्रेमकुमार राई गृहसचिव हुँदा भएको थियो । बादल र राईले नै शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भन्दै कार्यदल गठन गरेका थिए ।यसैबीच एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तको नामै लिएको अडियो छताछुल्ल हुँदापनि सत्तापक्षले ढाकछोप गरेको आरोप लगाएका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top