×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

आईपीएलको फाइनलमा चेन्नाई र गुजरात भिड्दै, को बन्छ च्याम्पियन ?

१४ जेष्ठ २०८०

१४ जेठ, एजेन्सी ।

विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

Advertisement

साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बई इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ । यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो ।

चेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बई इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो । गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो ।

चेन्नाई ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले खेल्दैछ । यी दुईबीचको ‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ । चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ । जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ ।

Advertisement

गत सिजन गुजरातले दुवै खेलमा चेन्नाइलाई हराएको थियो । यस सिजन पनि घरेलु मैदानमा भएको पहिलो खेलमा गुजरातले चेन्नाइलाई पराजित गरेको थियो । चेन्नाइले घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा भने गुजरातलाई पराजित गरेको थियो ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top