×

NEPAL TIMES UPDATES

Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026

७ अभियोगमा डोनाल्ड ट्रम्पलाई मंगलबार गिरफ्तार गरिने

२६ जेष्ठ २०८०

२६ जेठ, एजेन्सी ।
विभिन्न विवादको घेरामा पर्दै आएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ह्वाइट हाउस छाडेपछि गोप्य कागजातको व्यवस्थापनका विषयमा विभिन्न अभियोग लगाइएको छ । ७६ वर्षीय ट्रम्पमाथि अनधिकृत रूपमा अमेरिकी सरकारका गोप्य फाइलहरू राख्नेलगायत सात अभियोग लगाइएको बताइएको छ । तर, यी अभियोग सार्वजनिक गरिएको छैन ।

ट्रम्पमाथि लगाइएको यो दोस्रो अभियोग हो । पूर्वराष्ट्रपतिमाथि लगाइएको पहिलो संघीय अभियोग पनि हो । बीबीसीका अनुशार केही महिनाअघि सरकारी अधिकारीले छापा मार्दा ट्रम्पको निजी निवास मार ए लागोमा केही गोप्य कागजातहरू फेलापरेका थिए । सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्दै ट्रम्प ह्वाइट हाउस फर्कने प्रयासमा छन् ।

Advertisement
Advertisement

कानुनविज्ञले अभियोग लाग्दैमा ट्रम्प राष्ट्रपतिको चुनाव लड्न असक्षम नहुने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटर्फम ट्रुथ सोसलमा बिहीबार ट्रम्पले पोस्ट गर्दै आफू निर्दोष रहेको र फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा मंगलबार दिउँसो हाजिर हुन बोलाइएको बताएका छन् ।

ट्रम्पलाई त्यहाँ गिरफ्तार गरी उनीविरुद्धका आरोपमाथि सुनुवाइ गरिनेछ । “अमेरिकाका पूर्वराष्ट्रपतिमाथि यस्तो घटना हुनसक्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ,” ट्रम्पले लेखेका छन्, “यो वास्तवमा संयुक्त राज्य अमेरिकाको लागि कालो दिन हो । हामी गम्भीर र द्रुत पतनमा रहेको देश हौँ । तर, हामी मिलेर अमेरिकालाई फेरि महान् बनाउनेछौँ ।

” ट्रम्पका वकिल जिम ट्रस्टीले मंगलबार अदालतमा बोलाइएको कागजपत्रमा आरोपहरू पनि समावेश गरिएको बताएका छन् । षड्यन्त्र, झुटो बयान, न्यायमा बाधा पु¥याउने र जासुसी ऐनअन्तर्गत गैरकानुनी रूपमा गोप्य कागजातहरू राखेको जस्ता आरोपहरू रहेको उनले बताएका छन् ।

अमेरिकी गोप्य सेवाले ट्रम्पका कर्मचारी र उनका सुरक्षा अधिकारीलाई भेटेर मियामी अदालतको यात्राको योजना बनाउने बताइएको छ । ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउने प्रयासमा समेत मुद्दा लगाइएको थियो । गएको अप्रिलमा एक पोर्नस्टारलाई जानकारी नचुहाउन रकम भुक्तानी गरेको विषयमा समेत ट्रम्पमाथि ३४ आरोप लगाइएको छ । यो मुद्दामा आउँदो वर्ष न्युयोर्कमा सुनुवाई हुने भएको छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top