पशुपतिनाथकको शरणमा पुगे प्रचण्ड

२८ जेठ, काठमाण्डौ ।
भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वरमा गेरु बस्त्र लगाएर पूजामा सहभागि भएपछि नेपालमा निकै आलोचित भइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पशुपतिनाथको मन्दिरमा पुगेका छन् । उनी शनिबार परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराती लगायतसँग पशुपतिनाथको मन्दिर पुगेका हुन् । उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।

महाकालेश्वरको जल बोकेर प्रचण्ड पशुपति पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पशुपतिनाथ क्षेत्रको अवलोकनका क्रममा मन्दिरको पनि दर्शन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि मन्त्री साउद, र महतपनि महाकालेश्वरमा प्रचण्डसँगै पुगेका थिए । यसैबीच पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री दाहालको पशुपतिनाथ मन्दिरको दर्शनमाथि प्रश्न उठाएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन् । ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो,’ भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्बिर राख्दै लेखेका छन्, ‘तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’

यसअघि महाकालेश्वरमा लगाएको गेरु वस्त्रले आलोचना भएपछि प्रचण्ड बचाउँमै उत्रिएका थिए । उनले आफू प्रधानमन्त्री भएकाले सबै धर्मप्रति बराबर सम्मान देखाउन मात्रै महाकालको पूजामा गएको भन्दै बचाउ गरे । भ्रमणपछि प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उज्जैनको प्रोटोकल अनुशार नै आपूले गेरु वस्त्र धारण गरी पूजा गरेको बताएका थिए ।

तर उनीमाथि हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन धर्मको सहारा लिएको आरोप लागेको थियो । उनले भारतमा धर्म राजनीतिका विषयमा कुनै कुराकानी नभएको समेत बताएका छन् । यद्यपि उनले आफू ’महाकालेश्वरमा नगएको भए भारतीय जनताको मनमा चिसो पस्ने’ प्रतिक्रिया दिएका थिए ।

भारतमा लगाएको गेरु वस्त्रको आलोचना नसकिँदै प्रचण्ड फेरि शनिबार पशुपति पुगेका हुन् । सो क्रममा प्रचण्डले पाशुपत क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए । पहिलोपटक प्रधानमन्त्री हुँदा पशुपतिको मूल पुजारी हटाउँदा अप्ठेरोमा परेका प्रचण्ड यसपटक भने आफैँ पशुपतिको शरणमा पुगेका छन् ।

तेस्रो कार्याकालको सुरुवातमै पुरानो शैली बदलेर प्रधानमन्त्री निवास बालुवाटारमा भित्रिएका प्रचण्डले दौरा सुरुवालमा पद तथा गोपनीयताको शपथ लिएका थिए । पटक पटक आफ्नो प्रधानमन्त्रीत्वकाललाई स्मरणयोग्य बनाउने बताउँदै आएका प्रचण्ड वास्तममै विगतका दुई कार्यकाल भन्दा निक्कै फेरिएका छन् ।

१० वर्षे युद्धको पृष्ठभूमिबाट आएका प्रचण्ड लगातार कम्युनिस्ट छविलाई बदलेर अघि बढिरहेका छन्। कुनै बेला भैँसी पूजा गरेको भनेर आलोचना खेपेका प्रचण्डले यसपटक भने गेरु वस्त्र र पशुपतिमै दर्शन गरेपछि भने उनको धार्मिक अवतार नैं देखिन थालेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top