नेपाली बैंकमा खाता खेलेर चिनियाँ नागरिकको अपराध धन्दा

३० जेठ, एजेन्सी ।
एक चिनियाँ नागरिकको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित उनी जेठ २२ मा पक्राउ परेका थिए। ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत क्वालालम्पुर जान लागेका उनको साथबाट विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो।

Advertisement

अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यान्ड बागेज चेकिङ गर्दा ९ लाख ८ हजार नेपाली रुपैयाँ, ४० लाख ५० हजार भियतनामिज दोङ, २ लाख ५० हजार लाओथियन किप, एक लाख १३ हजार ९५० थाइ भाट ५ हजार क्यानेडियन रियल, ७ हजार ८ सय ४० भारतीय रुपैयाँ, २ हजार अमेरिकन डलर, २४२ सिंगापुर डलर, ३५१ मलेसियन रिंगिट, २१ चिनियाँ युयान फेला परेको थियो।

जुन रकम नेपालबाट विदेश लान अवैध मानिएको थियो। विमानस्थल प्रहरीले लाखौं अवैध विदेशी मुद्रा बोकेर मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनको नेपालका बैंकमा करोडौं रकम रहेको पाइएको छ। पक्राउ परेका बखत उनको साथबाट सिटिजन्स बैकको नगद जम्मा गरेको भौचर समेत फेला पारेको थियो।

Advertisement

सोही आधारमा प्रहरीले अनुसन्धान गर्दा सिटिजन्स बैंक नयाँबजार शाखामा खाता नं. ०११४१०००००६७००४१ मा विभिन्न मितिमा जम्मा गरेको १ करोड २ लाख सो रकम फेला परेको थियो। फ्रेबुअरी २२, २०२३ को ५० लाख रुपैयाँ, मे २२, २०२३ को ३७ लाख रुपैयाँ र मे ३०, २०२३ को १५ लाख रुपैयाँको मुद्दती रसिद बरामद भएको प्रहरी अनुसन्धानको क्रममा देखिएको छ।

उनी अन्तरदेशीय अपराधमा संलग्न रहेको हुन सक्ने आशंकामा प्रहरीको विशेष ब्यूरोले समेत अनुसन्धान थालेको छ। विमानस्थल प्रहरीले उनलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो। विभागले उनीविरुद्ध विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान गरिरहेको गरेपनि प्रहरी अनुसन्धानका क्रममा उनी तीन पटक नेपाल आएको र पैसाको स्रोत नखुलेको अवस्थामा प्रहरीको विशेष व्यूरोले अनुसन्धान शुरु गरेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top