एजेन्सी,भदौ २१
पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एम्बाप्पेमाथि तीन खेलको प्रतिबन्ध लगेको छ । फ्रान्स लिगको अनुशासन समितिले उनलाई आफूलाई फउल गरेका विपक्षी खेलाडीलाई धकेलेको आरोपमा तीन खेलको प्रतिबन्ध लगाएको हो ।
पीएसजीले निम्समाथि ४–२ को जित हात पारेको खेलमा एम्बाप्पेले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए । उनले सेन्ट–एटिएन, रेनेस र रिम्सविरुद्ध हुने खेल गुमाउनेछन् ।
तर,उनले च्याम्पियन्स लिग फुटबलमा १८ सेप्टेम्बरमा लिभरपुलविरुद्ध भने खेल्न सक्नेछन् । एम्बाप्पेलाई फउल गर्ने तेजी साभानियरलाई भने ५ खेलको प्रतिबन्ध लगाइएको छ ।