५ साउन,एजेन्सी ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुदैछ । विश्वकप फुटबलमा क्यानडाले नाईजेरियासँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा क्यानडाले नाईजेरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । क्यानेडियन गोलकिपर केलेन शेरिडन र नाईजेरियन गोलकिपर चियामाका ननाडोजीले उत्कृष्ट प्रर्दशन गरेपछि दुवै टिम गोल विहिन भएका हुन् ।
ननाडोजीले क्यानडाकी कप्तान क्रिस्टिन सिक्लेयरको पेनाल्टी प्रहारलाई बचाउँदै नाईजेरियालाई महत्वपुर्ण एक अंक दिलाईन् । ओलम्पिक विजेता क्यानडाकी कप्तान क्रिस्टिन ६ वटा विश्वकपमा गोल गर्दै पहिलो खेलाडी बन्नबाट चुकिन् । समूह बीको खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले आयरल्याण्डलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको छ ।
दुवै टिमले खेलमा प्रशस्त अवसर सिर्जना गरेपछि गोलमा परिणत गर्न भने सकेनन् । खेलको अन्तिममा नाईजेरियाकी मिडफिल्डर डेबोराह अबियोदुनले रातो कार्ड पाईन् । उनले अष्ट्रेलियाविरुद्धको अघिल्लो म्याच गुमाउनेछिन् । यस्तै अहिले समूह एमा रहेका फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन् ।
यस्तै, समूह सीमा रहेको स्पेन र कोस्टारिका समेत समूह चरणको पहिलो खेल खेल्दैछन् । समूह चरण पार गर्न समेत ४ वटै टोलीका लागि जित आवश्यक छ । बिहीबारको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुआत गरेका छन् ।
अष्ट्रेलियाले आयरल्यान्डलाई पराजित गरेको थियो भने न्युजिल्याण्डले नर्वेलाई पराजित गरेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगितामा कुल ३२ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी आठ समूहमा विभाजन गरिएको छ ।