सुनको भाउ फेरि रेकर्ड नजिक,कतिमा हुँदैछ कारोबार ?

११ साउन ८०, बिहीबार
Share this
714shares

११ साउन,काठमाडौं ।

Advertisement

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ।मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ।यसअघि साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ मात्र कम हो।अघिल्लो दिन अर्थात् बुधबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top