आज सुन–चाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

१५ साउन ८०, सोमबार
Share this
809shares

१५ साउन,काठमाडौं ।

Advertisement

सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ नै घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ छ सय र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

Advertisement

आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top