भीषण वर्षाका कारण उत्तरी भारतमा नौको मृत्यु

२१ भदौ ७५, बिहीबार

नयाँ दिल्ली, भदौ २१
भारतको उत्तर प्रदेश राज्यमा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । गत २४ घण्टाभित्र भएको भीषण वर्षाका कारण जनधनको क्षति भएको सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । उत्तर प्रदेशको छ वटा जिल्लामा सो हताहत भएको जनाइएको छ ।

Advertisement

यद्यपी गत शनिबारबाट उत्तर प्रदेशको विभिन्न जिल्लामा शुरु भएको यस प्राकृतिक प्रकोपको कारण ५० भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको प्रकोप व्यवस्थापनका एक अधिकारीले जानकारी दिएका छन् ।

उत्तर प्रदेशको फैजाबादमा तीन, उन्नाओमा दुई र आउरैया, हर्दोइ, मिरुट जिल्लामा एकएक जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागले जानकारी दिएको छ ।

Advertisement

यस प्रकोपको उद्धारकार्यका लागि भारतीय वायुसेनाका अधिकारीसमेत अन्य निकाय सक्रिय रहेका छन् ।यस वर्ष भारतमा मनसुनी वर्षाबाट उत्तर प्रदेश, बिहार, मध्यप्रदेशसहित दक्षिण भारतीय राज्य केरला सर्वाधिक बढी प्रभावित भएका छन् । केरलामा मात्र यस वर्ष भारी वर्षाका कारण ४५० भन्दाबढी व्यक्तिको मृत्यु भएको छ ।
रासस/एपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top