‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ स्वीकृत

२१ भदौ ७५, बिहीबार

काठमाडौँ, भदौ २१
प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सदनको दोस्रो बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । यसैगरी बैठकले जातीय भेदभाव तथा छुुवाछूत (कसुर र सजाय)(पहिलो संशोधन) २०७५ र सामाजिक सुरक्षा विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ती दुवै विधेयकलाई सदनको बैठकसमक्ष प्रस्तुत गरेका थिए ।यसैगरी ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालको प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २८ गते बिहान ११ बजे बस्नेछ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top