एजेन्सी,भदौ २२
पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होको विकल्पका रुपमा प्रिमियर लिगमा यसै सिजन बढुवा भएको वल्भरह्याम्पटन वान्डरर्सका प्रशिक्षक नुनो इस्पिरिटो सान्टोलाई हेरीएको छ ।नुनोले युनाइटेडमा जान इच्छा देखाएको बताइएको छ ।
म्यानचेस्टर युनाईटेडले जोसे मोउरिन्होलाई पछिल्ला खेलहरुमा खराब प्रदर्शन र क्लब व्यवस्थापनसँग असमझदारी बढेपछि यसै सिजन बर्खास्त गर्ने अनुमान गरिएको छ । मोउरिन्हो र युनाइटेडको सम्झौता पनि अर्को सिजन मात्र बाँकी रहेको छ ।
युनाइटेडले सिजन २०१८–१९ को शुरुवातका आफ्नो चार खेल मध्ये दुई खेल गुमाएको छ । तर, मोउरिन्होको ओल्ड ट्राफोर्डमा दीर्घकालिन भविष्य परिक्षण अवधि अझै सुरक्षित छ । २० पटक घरेलु लिग च्याम्पियन युनाइटेडले यसअघि पूर्व रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदानेसँग नजिक रहेका खुलेको थियो ।
नुनोले मोउरिन्होको प्रशिक्षणमा पोर्टोमा खेलेमा थिए । नुनोले पछिल्लो सिजन च्याम्पियनसिप उपाधिका लागि वल्भस्को नेतृत्व गरेका थिए र क्लबले २०१८–१९ को प्रिमियर लिगका लागि सकारात्मक सुरुआत गरेको छ । क्लबले पहिलो चार खेलबाट पाँच अंक बटुलेको छ । वल्भ्स हाल प्रिमियर लिगको अंक तालिकामा ११ औं स्थानमा छ ।