नेप्सेमा आज ५ अंकको गिरावट

१२ भदौ , काठमाडौँ ।

Advertisement

पछिल्लो दिनमा सेयर बजारप्रति आम लगानीकर्ताहरुको नैरास्यता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर बजारमा ५ अंकले नेप्से सूचक घट्दा कारोबारमा तीव्र गिरावट आएको हो । नेप्सेका अनुसार आज नेप्से सूचक ५.०५ अंकले घट्दै १९ सय ९३.४२ अंकको विन्दुमा झरेको छ ।यस दिन जम्मा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर मात्र कारोबार भएको छ ।

इन्भेष्टमेन्ट, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ कम्पनीहरुको सेयर मूल्यमा झिनो प्रतिशतले मात्र वृद्धि भएको छ भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।तथापि, आज पनि कुथेली बुकहारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top