१४ भदौ , काठमाण्डौ ।
सुनको भाउ आज पनि बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।