×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले लियो बयान, के छ कनेक्सन ?

१९ भाद्र २०८०

१९ भदौ,काठमाण्डौ ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसंग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ । बयानका लागि दिपेश महाराजगञ्जस्थित ब्यूरोमै पुगेका थिए । सीआईबीले दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो ।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् । यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ ।

Advertisement
Advertisement

उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् । दावा छिरिङसँग दिपेशको व्यापारिक साझेदारी नै रहेको कतिपय रिपोर्टहरु आइरहेका छन् । छिरिङसहित चिनियाँ टोलिलाई लिएर दिपेश गोसाइँकुण्डसम्मको हवाईयात्रामा गएको पनि सार्वजनिक भएको थियो ।

६० सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् । यस्तै त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसँग पनि सीआईबीले सोधपुछ गरिरहेको छ ।

Advertisement

सुन बरामद हुँदा बिदामा भए पनि उनीसँग सीआईबीले सोधपुछ गरेको हो । यो प्रकरणमा नेताहरु र भीआईपी पनि जोडिएको चर्चाबीच सीआईबीले शंकास्पद भूमिका देखिएकाहरुसँग सोधपुछलाई तीव्र बनाएको छ । यो प्रकरणको अनुसन्धान फाइल सीआईबीले यही महिनाभित्र सरकारी वकिलकहाँ पठाउने गरी तयारी गरिरहेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top