×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मेयर हर्कलाई प्रश्न पनि सोध्न नहुने ? गुण्डा भन्दै थुनाए

२४ भाद्र २०८०

२४ भदौ, विराटनगर ।
संघीय सरकार र प्रमुख दलका शीर्ष नेताहरुलक्षित आरोप, आलोचना, चेतावनी र टिप्पणी गर्न माहिर धरान उपमहानगरका मेयर हर्क साम्पाङ स्वयंले भने आफूसँग सवालजवाफ गर्ने युवकमाथि जनप्रतिनिधिको कर्तव्य विपरित गएर असहिष्णु व्यवहार गरेका छन् । आफूलाई प्रश्न सोधेकै कारण एक युवालाई उनले गुण्डा भन्दै प्रहरीको हिरासतमा पु¥याएका छन् ।

शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना अभियान सञ्चालन गरिरहेका बेला आफूसँग तर्क वितर्क गरेपछि मेयर साम्पाङले स्थानीय अशोक लिम्बूलाई प्रहरी लगाएर थुनाएका थिए । उनले नगरमा डेंगीले मान्छे मरिरहेका बेला अर्कै अभियान सञ्चालन गरिरहेको भनेर मेयर साम्पाङको आलोचना गरेका थिए । त्यस क्रममा दुई जनाबीच भनाभन भएको थियो ।

त्यसपछि नगर प्रहरी लगाएर पक्राउ गरिएका लिम्बूलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको थियो । तर मेयरले थुनाएका लिम्बुलाई सोही वडाका अध्यक्ष नरेश कुमार इवारामले जिम्मा लिएर छुटाएका छन् । लिम्बु केही समयअघिमात्र वैदेशिक रोजगारीबाट फर्केका थिए । उनीसहितको टिमले चन्दा उठाएर मिर्गौला पीडित असहाय परिवारको उपचारमा सहयोग गरेका थिए ।

त्यसबेला नआउने नगरपालिकाले अहिले आएर उनीहरूको फोटो खिचेकोमा लिम्बुले प्रश्न गरेका थिए । मेयर हर्कले भने अशोकलाई गुण्डागर्दीको आरोपमा पक्राउ गराएका हुन् । अशोक छुटेपछि पनि मेयरले सदाझैँ फेसबुकमार्फत गुण्डागर्दीविरुद्धको आफ्नो अभियान नरोकिने बताएका छन् ।

स्थानीयका अनुसार वैदेशिक रोजगारीबाट फर्केका अशोक गुण्डागर्दी र गलत क्रियाकलापमा संलग्न भएको अहिलेसम्म कतै पनि भेटिएको छैन । बरु उनले डेंगुबाट संक्रमित भएका तर परिवारमा सबै अपांगतावरण गरेका कारण उपचार नपाएकाहरूको उपचारमा चन्दा संकलन गरेको पाइएको छ ।

यता आफूसँग सवाल–जवाफ गरेकै रिसमा अशोक लिम्बुलाई प्रहरीको हिरासत पु¥याएकामा वडाध्यक्ष नरेश इवारामले मेयर हर्क साम्पाङको कडा आलोचना गरेका छन् । इवाराम भन्छन्, ‘मेयर साम्पाङ राजा बन्न खोज्दा’ स्थानीय युवक अशोकले अनाहकमा दुःख पाए । जनप्रतिनिधि जनताको शासक होइन, सेवक हो भन्ने नबुझ्दा त्यस्तो घटना भएको उनको टिप्पणी छ ।

मेयर साम्पाङले भने अराजकतालाई लोकतन्त्र भन्न नसकिने टिप्पणी गरेका छन् । ‘अराजकतालाई लोकतन्त्र भन्दिनु पर्ने हो’, मेयर साम्पाङले भनेका छन्, ‘प्रश्न सोध्ने समय हुन्छ । तरिका हुन्छ । स्थान हुन्छ । विधिको शासन पालना गर्छु र गराउँछु । जनताको दुःख म बुझ्छु’, हर्कले भनेका छन् । पछिल्लो समय मेय हर्क धरानमा विभिन्न घटनामा दिएका अभिब्यक्तिका कारण पनि आलोचित बन्दै आएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top