सुन–चाँदीको भाउमा सामान्य वृद्धी , कतिमा हुँदैछ कारोबार ?

२५ भदौ ८०, सोमबार
Share this
699shares

२५ भदौ ,काठमाडौं ।

Advertisement

सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य बढेको छ।अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबारदेखि प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top