गृहयुद्धमा परेको लिबिया बाढीले तहसनहस

२८ भदौ , एजेन्सी ।
केही वर्षसम्म अमेरिका र रुसको रणनैतिक युद्ध रणनीतिले गृहयुद्धमा फसेको लिबिया यतिबेला प्राकृतिक महाविपत्तको समाना गरिरहेको छ । लिबियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना शहरका मेयरले २० हजार मानिसको ज्यान गएको हुनसक्ने बताएका हुन ।

डर्नाका मेयर अब्दुलमेनाम अलगैतीले साउदी अरबको टेलिभिजनलाई शहर र आसपासका क्षेत्रका अवस्था हेर्दा १८ हजारदेखि २० हजार मानिसको ज्यान गएको अनुमान लगाउन सकिने बताएका हुन । बाढीमा परी ज्यान गुमाएकाहरुलाई ठूलो क्षेत्रमा सामुहिक रुपमा गाडिएको छ । सुनामीपछि भएको भीषण वर्षाले निम्त्याएको बाढीले डर्नालगायतका शहरलाई ध्वस्त बनाएको छ ।

हजारौं मानिसहरु अहिले पनि वेपत्ता रहेका छन् । लिविया सरकारले दश हजार हराएको तथ्यांक सार्वजनिक गरेको छ भने ३० हजार विस्थापित भएको बताएको छ । बाढीले सवैतिर अस्तब्यस्त बनाएकाले खोजी, उद्धार तथा पुनस्थापना प्रभावित भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । बाढीले नदीका बाँधहरू भत्काएर पूर्वी तटीय सहरलाई तहसनहस पारेको छ।

Advertisement

लिबियामा आएको विनाशकारी बाढीले गरेको विनासबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्र संघका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन्। करिब एक लाख मानिस बसोबास गर्ने भूमध्यसागरीय तटीय शहर डेर्नामा बाढीले ठूलो विनाश निम्त्याएको छ।नदी किनारमा रहेका बहुतले भवनहरू ढलेका छन्।

घर र सवारीका साधनहरु पानीको उग्र वहावसँगै विलिन भएका थिए। ग्रीस, बुल्गेरिया र टर्कीमा आइतबार आएको आँधी ‘डेनियल’को मुसलधारे वर्षाका कारण बाढी आएको हो। बेन्गाजीबाट २५० किलोमिटर (१५० माइल) पूर्वमा पर्ने डेर्ना पहाडहरूले घेरिएको छ र गर्मी याममा सामान्यतया सुख्खा नदीको किनारमा विभाजित छ। तर यो माटो–खैरो पानीको उग्र धारमा परिणत भएको छ, जसले धेरै प्रमुख पुलहरू पनि बगाएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top