राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि

२७ भदौ ८०, बिहीबार

२८ भदौ , काठमाण्डौ ।
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् । स्व.नेम्वाङलाई प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली अन्तिम दिएका थिए भने नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो ।

नेम्वाङलाई छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिएका छन्। त्यसअघि निजी निवास बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो । यसैबीच नेकपा (एमाले)का नेता भीम रावलले पार्टीका दिवंगत उपाध्यक्ष नेम्वाङप्रति कवितामार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Advertisement

बिहीबार उनले ‘मित्र’ नेम्वाङको स्मृतिमा कविता लेखेका हुन् । नेम्वाङको निधनले ‘इलामको डाँडा अँध्यारो भएको, पुष्पको सुवास गएको’ भन्दै उनले कवितामार्फत श्रद्धासुमन अर्पण गरेका छन् । दुःख व्यक्त गरेका छन् । गएको मंगलबार बिहान नेम्वाङको निधन भएको थियो । उनको निधनमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top