भारतमा भेटियो निपा भाइरस, २ जनाको मृत्यु ,कति छ खतरा ?

२८ भदौ, एजेन्सी ।
भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । यस दुर्लभ तर घातक भाइरसको सङ्क्रमणलाई रोक्न विद्यालयहरू बन्द गरिएको छ भने सयौँको परीक्षण सुरु गरिएको छ।

Advertisement

केरलाका मुख्यमन्त्री पिनारायी विजयनले राज्यको कोझीकोडे जिल्लामा सङ्क्रमण देखिएको बताउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउनुका साथै स्वास्थ्य विभागको सुरक्षा निर्देशिका पालना गर्न आग्रह गरेका छन् । सन् २०१८ पछि राज्यमा भाइरसको सङ्क्रमण देखिएको यो चौथो पटक हो ।

यसबाट दुई जनाको मृत्यु भएको जानकारी दिँदै मुख्यमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी डराउनु पर्दैन तर यो अवस्थालाई सावधानीका साथ सामना गर्नुपर्छ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जनवारबाट मानिसमा सर्ने गर्दछ । तर, दूषित खाना वा मानिसबाट मानिसमा पनि सर्न सक्ने बताइएको छ ।

Advertisement

सामान्य टाउको दुखाई र थकानबाट यसको लक्षण सुरु हुने र केही दिनको अन्तरमा नै मानिस कोमामा पुग्ने यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ । यसको सङ्क्रमणबाट श्वासप्रश्वासमा समस्या हुन्छ जहाँ हाम्रो फोक्सोले पर्याप्त अक्सिजन पाउँदैन । त्यसपछि घातक इन्सेफलाइटिस हुन्छ जहाँ मस्तिष्कमा असर पुग्दछ ।

हालसम्म यसको कुनै खोप छैन र यसको उपचार सहायक देखभालमा सीमित रहेको छ । केरलामा मृत्यु भएकाहरूको ७ सय सयजना भन्दा बढीसँग सम्पर्क रहेको देखिएको छ । उनीहरूको परीक्षण भइरहेको स्वास्थ्यमन्त्री वीणा जर्जले जानकारी दिएकी छन् ।

Advertisement

यसमध्ये ७७ जना उच्च ‘जोखिम’ मा रहेका छन् । सबैलाई घरमा बसेर आफ्नो स्वास्थ्य अवस्थालाई मूल्यांकन गर्न भनिएको छ । सो क्षेत्रका विद्यालय बन्द गर्दै सात वटा गाउँलाई ‘नियन्त्रण क्षेत्र’ घोषणा गरिएको रोयटर्सले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top