कस्तो छ रुवाण्डाका किसानले गरेको नविन घाँस खेती ?

६ असोज,एजेन्सी ।

रुवाण्डाका केही पशुपालक किसानहरुले मुख्य रुपमा घाँस खेतीमा केन्द्रित नविन खेती अभ्यासहरु अपनाइ दुध उत्पादनमा वृद्धि गरेका छन् । पूर्वी प्रान्तको न्यागातारे जिल्लाका स्थानीय पशुपालक किसान लिभिङस्टोन एबियिंगोमा र थोमस रुकेराले विभिन्न प्रकारका घाँस खेती गरेर गाईको दुधमा वृद्धि गरेको बताए ।

उनीहरुले आफ्नो परिवार पाल्न र छोराछोरीलाई शिक्षामा सहयोग गर्न दुध उत्पादनले उल्लेख्य भुमिका खेलेको बताए । एबियिंगोमाले शुरुमा सुख्खा मौसममा कम दुध उत्पादनका कारण चुनौतिहरुको सामना गर्नुपरेको बताए । यद्यपी उनले गाईको खानेकुराको खेती गर्न रुवाण्डा कृषि तथा पशु श्रोत विकास बोर्डको रुवाण्डा डेरी विकास परियोजनाको सहयोगमा दुध उत्पादनमा वृद्धि गरेको बताए ।

उनले घाँस खेतीअघि आफूले बिहान ४ लिटर र बेलुका दुई लिटर गरी ६ लिटर दुध दैनिक उत्पादन गर्ने गरेपनि घाँस उब्जाएपछि बिहान १५ लिटर र बेलुका ८ लिटर दुध बढेको पनि सुनाए । रुकेराले दुध उत्पादन वृद्धि गर्नुका साथै गाईको घाँस र बीउ दुवै बेचेर आम्दानी बढाएका छन् । यसले आफ्नो आयश्रोतमा वृद्धि गरेको उनी बताउँछन ।

घाँस नलगाएको भए गाईले दुध दिन बन्द गर्ने उनी बताउँछन् । पानीको व्यवस्थाका लागि बाँध निर्माण गर्नुपरेको रुकेराले सुनाए । रुवाण्डाको कृषि तथा पशु श्रोत मन्त्रालयले हालै पूर्वी प्रान्तको न्यागातारे, गात्सिबो, कायोन्जा र किरेहे जिल्लाको ७० प्रतिशत चरण क्षेत्रलाई गाईको चारा उपलब्ध गराउन बाली लगाउन निर्देशन दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top