बेलायती राजदरबार भित्रै ‘नट माई किङ’

७ असोज, एजेन्सी ।
संसारकै सबैभन्दा पूरानो बेलायती राजसंस्थाविरुद्ध राजदरबार भित्रै प्रर्दशन गरिएको छ । राजतन्त्रविरोधी अभियन्ताहरूले शनिबार बेलायतको बकिङह्याम दरबारभित्र प्रदर्शन गरेका छन् । उनीहरूले यसलाई दरबारभित्रै गरिएको पहिलो प्रदर्शन बताएका छन् । बेलायतको सबैभन्दा ठूलो राजतन्त्रविरोधी समूह ‘रिपब्लिक’ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बेलायतका विभिन्न भागबाट आएका अभियन्ताहरूको एक समूह पर्यटकका रूपमा प्रवेश गरेका थिए ।

उनीहरूले ग्रान्ड हलमा उभिएर प्रदर्शन गरेका छन् ।’ समूहले एक तस्बिर सार्वजनिक गरेको छ जसमा प्रदर्शनकारीहरू दरबारभित्र ‘नट माई किङ’ (मेरो राजा होइन) लेखेको टी–सर्ट लगाएर उभिएको देखिएको छ । राजतन्त्रको भविष्यबारेको बहस अघि बढाउन चालिएका शृङ्खलाबद्ध कदमको यो एक हिस्सा भएको रिपब्लिकले बताएको छ ।

प्रदर्शन सुरु गरे लगत्तै समूहका ६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । केही समयपछि उनीहरूलाई गेटबाट बाहिर लगिएको थियो । यता, बकिङह्याम दरबारले भने सुरक्षाको विषयमा आफूहरूले कुनै प्रतिक्रिया नदिने बताएको छ । यो समूहले यो वर्षको सुरुवातमा राजा चार्ल्सको राज्याभिषेकका दौरान पनि प्रदर्शन गरेको थियो ।

Advertisement

अब अर्को प्रदर्शन संसद् भवन अघि गर्ने उनीहरूको तयारी रहेको छ । महारानी एजिजावेथ द्धितीयको निधनका समयमा समेत राजा चाल्र्सलाई लिएर राजसंस्थाविरुद्ध आवाज बेलायतका विभिन्न स्थानमा आवाज उठेको थियो । ९६ वर्षीया महारानीको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

Advertisement

उनी विभिन्न विवादका कारण आलोचित समेत बनेका थिए । राजकुमार रहदा चाल्र्सले ओसामा बिन लादेनका परिवारबाट लाखौ रकम अनुदान लिएको खुलासा भएको थियो । उनले लादेनका सौतेनी भाइहरू बकर र शफिक बिन लादेन नामक दुई व्यक्तिबाट दश लाख पाउन्ड अर्थात करिब १२ लाख अमेरिकी डलर अनुदान लिएको खुलासा भएको थियो ।

यस्तै चार्ल्सले कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद स्वीकार गरेको खबरले पनि उनको आलोचना भएको थियो । राजकुमार ह्यारीले राजदरबार त्याग गरेपछि पनि बेलायतमा राजसंस्थाका विषयमा वहस छेडिएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top