डाक्टरलाई उतारेर माओवादी नेता प्लेन चढेपछि….

८ असोज ८०, मंगलबार

९ असोज,काठमाण्डौ ।
सत्तारूढ नेकपा माओवादी केन्द्रका नेताहरूलाई चढाउन पर्ने भएपछि टिकट बुक गरेर पनि १६ जना चिकित्सकहरू आज बिहान मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज उड्न पाएनन् । समिट एअरले अन्तिम समयमा १६ मध्ये ५ जना चिकित्सकहरूलाई लैजान नसक्ने बताएको थियो । उनीहरूको ठाउँमा एअरले माओवादीका नेताहरूलाई लिएर नेपालगञ्ज उडेको थियो।

समिटले पहिला टिकट बुकिंग गरिसकेका डाक्टरहरुलाई भन्दा नेतालाई प्राथमिकता दिएपछि निकै आलोचना भइरहेको छ । समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले भने डाक्टरहरुले टिकट बुकिङ गरेको भए पनि पहिला पूर्वमुख्यमन्त्रीले टिकट काटेकाले नेताहरुलाई चढाइएको बताएका छन् ।

तर डाक्टरको समूहले भने २ हप्ताअघि नै टिकट काटेको दाबी गरेका छन् । चिकित्सकको ठाउँमा समिटको प्राथमिकतामा पर्नेमा माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादव, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, प्रकाशबहादुर शाही र धर्मराज शाह रहेका छन् ।

यसैबीच यो खबर सार्वजनिक भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूलाई गन्तव्यमा पु¥याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो’, जहाजको तस्बिरसहित मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्यमा पु¥याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’ यता समिट एअरमार्फत् ताल्चा विमानस्थलबाट नेपालगञ्ज पुगेका माओवादीका नेताहरूले भने जहाज आफूहरूलाई नै लिन नेपालगञ्जबाट मुगु पुगेको दाबी गरेका छन् ।

माओवादी उपमहासचिव एवं कर्णाली प्रदेश ईञ्चार्ज मातृका यादव र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले चिकित्सकहरूले अनावश्यक रूपमा बखेडा निकालेको समेत दाबी गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top