×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

आलुको बोरामा सुन भेटियो, तस्करले खोजे नयाँ नाका,३ जना पक्राउ

१६ आश्विन २०८०

१६ असोज, काठमाण्डौ ।
पछिल्लो समय चीनसँग जोडिएको दोलखाको नाका हुँदै भइरहेको सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना चिनियाँ नागरिक र २ जना नेपाली नागरिक छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो।

सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले तासी भनिने चिनियाँ नागरिक ग्याङ रोउ तथा नेपाली नागरिकहरु लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान पक्राउ परेको बताए। पछिल्लो समय दोलखाको विभिन्न ठाउँबाट ठूलो परिमाणमा सुन बरामद हुँदै आएको छ। आइतबार दिउँसो मात्रै प्रहरीले विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा ४ किलो सुन बरामद गरेको थियो।

Advertisement
Advertisement

एक साताको अवधिमा दोलखाबाट प्रहरीले ११ किलो बरामद गरेको छ। सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै २ जनालाई पक्राउ गरेको थियो। दोलखाको विगु गाउँपालिका–१ लामाबगरकाका ३० वर्षीय चसमान तामाङ र सोही ठाउँका २७ वर्षीय राज तामाङलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार चीनसँग जोडिएको दोलखाको फलेक नाका हुँदै सुन तस्करी बढेको छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको तस्करी विमानस्थलमा भएको कडाइले ‘ब्रेक’ भएपछि चीनको रोङजिया नाकाबाट दोलखाको फलेक हुँदै तस्करी बढेको प्रहरीको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१ किलो तस्करीको सुन बरामद भएपछि गिरोहले स्थलमार्गको प्रयोग गर्न थालेको पाइएको छ ।

गिरोहले कम प्रयोगमा आइरहेको नाका दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, दोलखाले गरेको अनुसन्धानबाट खुलेको छ । चीनको हङकङबाट ब्रेक शुभित्र लुकाएर ल्याइएको ६० किलो सुन प्रकरणमा अनुसन्धान सकेर फाइल बुझाएलगत्तै उत्तरी नाकाबाट फेरि सुन बरामद भएपछि यसमा सीआईबीले पनि चासो देखाएको थियो।

सीआईबीकी निर्देशक किरण बज्राचार्यका अनुसार, हवाइमार्गबाट आएको सुन र दोलखामा बरामद ११ किलो सुन दुवै एउटै कम्पनीको उत्पादन भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय, दोलखाकाका अनुसार, पाँच दिनको अवधिमा बिगु गाउँपालिका–१ लामाबगर क्षेत्रबाट ११ किलो सुन बरामद भएको थियो ।

पक्राउ परेका मध्ये चिनियाँ नागरिक ग्याङले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो । पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो र अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन् ।

Advertisement
Advertisement

अधिकृतहरुका अनुसार, बोरामा सुन रहेको चालकलाई समेत थाहा नभएको र तस्कर समूहकै केहीले बोलेरो पछ्याइरहेकोमा सिंगटी आसपास ड्राइभरले चिया खान एकठाउँमा गाडी राक्दा आलुको बोरा गायब भएको र बोरा हरायो भनेर चालकले खबर गरेपछि बल्ल उनलाई त्यसमा सुन रहेको भनिएको थियो । त्यसक्रममा डराएर बोलेरो चालकले इलाका प्रहरी कार्यालय, सिंगटीमा खबर गरेका थिए । यसपछि भएको अनुसन्धानका क्रममा ११ किलो सुन बरामद भएको प्रहरीले बताएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top