८० वर्षीया महिलाको दिमागमा ३ सेन्टिमिटर लामो  सुई भेटियो, चिकित्सक चकित

१७ असोज ८०, बिहीबार

१८ असोज, एजेन्सी ।
रुसमा एउटा अचम्मको घटना बाहिर आएको छ । त्यहाँ ८० वर्षीया महिलाको मस्तिष्कमा ३ सेन्टिमिटर लामो सुई भेटिएको छ । ती महिलाले आफ्नो सम्पूर्ण जीवन यही सुईको साथ बिताइन्। डाक्टरहरूले सिटि स्क्यान गर्दा यो कुरा थाहा पाएका छन् । बैज्ञानिकहरुले यो घटनालाई भ्रुण हत्याको प्रयास भएको मानेका छन् चिकित्सक भन्छन् कि ती महिलाका आमाबाबुले मार्न चाहेको हुन सक्छ, तर तिनीहरू असफल भए ।

पछि उनको अवस्था बिग्रने डरले उनीहरुले सुई निकाल्ने प्रयास गरेनन् । रुसको दुर्गम क्षेत्र सखालिनको स्थानीय स्वास्थ्य विभागले भनेको छ, “अकालको समयमा यस्ता घटनाहरू सामान्य थिएनन्,“ । उनका आमाबाबुले दोस्रो विश्वयुद्धको समयमा बच्चालाई मार्ने निर्णय गरेको हुन सक्छन । जन्मेदेखि नै उनले ३ सेन्टिमिटर लामो सुई बोकेर बाँच्नुपरेको थियो ।

विज्ञप्तिमा भनिएको छ कि यस्ता विधिहरू प्रायः अपराधको प्रमाण लुकाउन प्रयोग गरिन्छ। युद्धको समयमा सोभियत संघमा खाद्यान्न अभाव थियो। जनता गरिबीमा बाँचिरहेका थिए । महिलाको देब्रे भागमा सुई पसेको स्थानीय विभागले जनाएको छ । तर त्यसको कुनै असर भएन र बालिका बाँचिन् ।

चोटका कारण बिरामीले कहिल्यै टाउको दुखेको गुनासो नगरेको र आफूलाई कुनै खतरा नभएको बताएको पनि चिकित्सकले बताएका छन् । अहिले महिलाको स्वास्थ्यको हेरचाह भइरहेको छ । सन् २००९ मा पनि यस्तै एउटा घटना बाहिर आएको थियो । त्यसपछि अमेरिकाको कोलोराडोका ७२ वर्षीय पुरुषको साइनसमा वर्षौंदेखि नङ अड्किएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top