आज सुन–चाँदीको भाउमा सामान्य वृद्धी

२१ असोज ८०, आइतबार

२१ असोज,काठमाडौं ।

Advertisement

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top