इजरायलले युद्ध विराम नगर्ने,भविष्यका लागि युद्ध

१३ कात्तिक ८०, मंगलबार

१४ कार्तिक, एजेन्सी ।
इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् । उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।

’ इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए । त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ । उक्त आक्रमणबाट बालबालिकासहित सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।

लाखौं नागरिक विस्थापित भएका छन् । प्यालेस्टाइनी जनतामा संकट गहिरिँदै गएपछि युद्ध विरामको माग गर्दै विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन समेत भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने यो युद्धको समय हो भन्दै भनेका छन्, ‘पर्ल आर्बरमा बमबारी वा सेप्टेम्बर ११ पछि जसरी अमेरिका युद्ध विरामका लागि तयार हुँदैन त्यसरी नै सात अक्टुबरको आक्रमणपछि इजरायल हमाससँग युद्ध विराम गर्दैन ।’

Advertisement

उनले यो युद्ध इजरायलको साझा भविष्यका लागि भएको बताएका छन् । इजरायलले स्थलगत कारबाही बढाएपछि गाजा क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ । इजरायली सेनाका ट्यांक र बुल्डोजर गाजा क्षेत्रको मध्यभाग पुगेका छन । इजरायलले हमाससँगको युद्ध दोस्रो चरणमा प्रवेश गरेको घोषणासँगै उसको सेना गाजाको सालाह–अल–दिन सडकमा पुगेको हो ।

गाजा सहर र उत्तरी गाजालाई जोड्ने सालाह–अल–दिन सडक अब इजरायली सेनाले अवरोध गरेको छ । इजरायली रक्षामन्त्री योभ ग्यालान्टका अनुसार दोस्रो चरणको युद्ध एक महिनासम्म चल्न सक्ने अनुमान छ । ‘यसको उद्देश्य हमास आतंककारीहरूका भौतिक संरचनाहरू नष्ट गर्ने र बन्धकलाई मुक्त गर्नु हो,’ रक्षामन्त्री ग्यालान्टले पत्रकार सम्मेलनमा भनेका छन् ।

Advertisement

इजरायली सेनाले स्थलगत कारबाहीमा हमासका लडाकुहरू मारिएको दाबी छ । ‘इजरायली सेना गाजा क्षेत्रभित्र गन्तव्यतर्फ अगाडि बढिरहेको छ । सेनालाई रोक्न खोज्दा दर्जनौं आतंककारीहरू मारिए,’ इजरायली सेना (आईडीएएफ) का प्रवक्ता डेनियल हगरीले एक्समा सोमबार लेखेका छन्, ‘हामी गाजा क्षेत्रमा विस्तारित भूमिगत अपरेसन गर्दै छौं । सैनिकहरू आतंककारीहरूतर्फ अघि बढिरहेका छन् । हामी उनीहरूलाई हवाई हस्तक्षेप पनि गर्दै छौं ।’

यता हमासले पनि निरन्तर रकेट प्रहार गरिरहेको छ । सोमबार पनि इजरायली सहर तेलअभिभ, हर्जलिया, रानाना, होलोन र होड हसारोनलगायत स्थानमा रकेट प्रहार गरिएको छ । ती रकेटलाई इजरायलको आइरन डोमले आकाशमा नै निस्तेज गरिदिएको थियो ।

त्यस्तै लेबनानी हिजबुल्लाह समूहले उत्तरी क्षेत्रमा रकेट प्रहार गरिरहेको छ । इजरायलले उत्तरी क्षेत्रबाट दुई लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिसकेको छ । तर, गाजाका २३ लाख सर्वसाधारणको ज्यान भने जोखिममा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top