लुम्बिनीबाट गुटेरेसले गरे युद्ध अन्त्यको आह्वान

१३ कात्तिक ८०, मंगलबार

१४ कार्तिक, काठमाण्डौ ।
शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । उनले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गरेका छन् ।

Advertisement

आज बिहान पोखराबाट विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुगेका गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु।’ बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उनले खुसी व्यक्त गर्दै इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान गरे ।

उनले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गरे। ‘शान्ति र मानवता अपरिहर्य विषय हुन्, मानवीयता मर्न दिनु हुन्न’, उनले भने, ‘बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौं र यहाँबाट सबैले सिकौं।’

Advertisement

गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरेका थिए भने शान्तिदीपमा दीप प्रज्ज्वल पनि गरेका थिए । गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै शान्तिको खोज सधैं मानवताको सर्वोच्च आकांक्षा भएको बताएका थिए ।

देशको परिवर्तन र रूपान्तरणका लागि संघर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उनले बताए । प्रधानमन्त्री दाहालले नेपालले शान्ति प्रक्रियालाई सफलता अघि बढाएको अवगत गराउँदै भने, ‘हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ।’

Advertisement

अहिले आफूहरु शान्ति प्रक्रिया संक्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उनले आफ्नो अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताए । लुम्बिनी पछि काठमाडौं फर्किएका गुटेरेसले आजै प्रतिनिधिसभामा सम्बोधन गर्दैछन् ।

यसअघि उनले सगरमाथा र अन्नपूर्ण पुगेर जलवायु परिवर्तनले पारेको असर बारे स्थानीयसँग कुराकानी गरी स्थलगत अवलोकन गरेका थिए । शनिबार रात काठमाडौं उत्रिएका गुटेरेस भोलि फर्किने तालिका रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top