आज नेप्सेमा १० अंकको गिरावट

१५ कात्तिक ८०, बिहीबार

१६ कात्तिक ,काठमाडौँ ।

Advertisement

दसैँपछि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन थप १० अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो ।

यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत २.१९ अंकले घट्दै ३५७.७६ अंकमा झरेको नेप्सेले जनाएको छ ।आज होटल तथा पर्यटन समूह र म्यानु एण्ड प्रो समूहको दुई वटा उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

Advertisement

आज म्युचुअल फन्ड समूहको उपसूचक सबैभन्दा बढी ४.६३ प्रतिशतले घट्न पुगेको छ । यस्तै, ट्रडिङ समूहको उपसूचक ३.०५ प्रतिशतले घट्दा यता हाइड्रोपावर समूहको उपसूचक १.०५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक ४.२७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक झिनो अंक ९०.०७ प्रतिशतले बढेको छ ।१० अंकमाथिले नेप्से घटेको यस दिन ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको ३७ लाख ४९ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top