×

NEPAL TIMES UPDATES

Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026

ओमान भर्सेस नेपाल : नेपाललाई बदला लिने अवसर

१७ कार्तिक २०८०

१७ कार्तिक, काठमाण्डौ ।
नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल आज मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा १० वर्षपछि छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ ।

नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी—२० विश्वकप खेल्न पाउने प्रावधान छ ।

Advertisement
Advertisement

टी—२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनको झिनो अन्तरले पराजित भएको थियो । अब नेपाललाई त्यो हारको बदला लिदै विश्वकप छनोटको उपाधि रक्षा गर्ने अवसर मिलेको छ ।

दुई देशबीचको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । जहाँ नेपाललाई घरेलु दर्शकको अपार साथ समेत रहने छ । समूह चरणको दुई खेल खेल्दा नेपालको अलराउन्ड प्रदर्शन गरेका महत्वपूर्ण सदस्य दीपेन्द्र सिंह ऐरी अब ओमानसँगको फाइनलमा खेल्नेछन् । उनले यसअघि ओमानसँगको खेल गुमाएका थिए ।

ओमान टि २० बरीयतामा नेपालभन्दा ४ स्थान तल २० औ स्थानमा छ । गत महिना यूएईलाई हराएर गल्फ क्रिकेट टी–२०को उपाधि जितेको तथा समूह चरणमा नेपाललाई हराएर समूह विजेता बनेको ओमान पनि लयमा छ र उपाधि दाबेदारी गरिरहेको छ । विश्वकप छनोटमा ओमान र मलेसियाबीचको खेलमा ओमान ३२ रनले विजयी भएको थियो भने ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ ।

नेपाल र ओमानबीच टी–२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले पछिल्ला तीन खेलमा जित निकालेको छ। नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो। २०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो।

त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको टी–२० सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपाल र ओमानबीच पहिलो टी–२० भने २०१९ को अक्टोबरमा भएको थियो। ओमानमा भएको टी–२० सिरिजको सो खेलमा नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो। टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपमा २० टोलीको सहभागिता रहने छ । हालसम्म १८ टोली छनोट भइसकेका छन् ।

Advertisement

नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । नेपाली टोली बंगलादेशमा आयोजित त्यो विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top