×

NEPAL TIMES UPDATES

Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026
Playing
जेनजी आन्दो लन दमन गर्नेमाथि कारबाही गर्ने बाटो कहिले खुल्छ ? || Nepal Times
May 16, 2026

आज नेप्सेमा ५.१७ अंकको वृद्धि

२२ कार्तिक २०८०

२२ कार्तिक, काठमाण्डौ ।

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५.१७ अंकको सुधार आएको छ ।दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.२७ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ ।

Advertisement
Advertisement

७८ करोड २७ लाख रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ९३ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको सेयर मूल्यमा भने केही परिवर्तन भएको छैन ।

परिसूचक बढ्दा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६.३८ प्रतिशतको गिरावट आएको छ । यसक्रममा आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर सबैभन्दा धेरै ५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

Advertisement

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा कुनै पनि परिवर्तन आएको छैन । विकास बैंकसहित होटल र टुरिजम समूह, लगानी र निर्जीबन बीमा समूहको सूचकमा गिरावट आएको छ । यसबाहेक, अन्य समूहको सूचकमा भने सुधार आएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top