कांग्रेस सरकार टिकटक बन्द गर्ने, गगन थापा विरोध गर्ने ,रवि भए आगो

२६ कात्तिक ८०, सोमबार

२७ कार्तिक, काठमाण्डौ ।
सरकारले आजैबाट चर्चित सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा सामाजिक संजालमै अभिब्यक्तिहरु आइरहेका छन् । सरकार अचानक आजैबाट टिकटक बन्द गर्ने गरी मन्त्रिपषिद् बैठकबाट निर्णय गरेर यसको कार्यान्वयनका लागि इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरिसकेका छ ।

तर सरकारको निर्णयको सत्तारुढ दलकै प्रभावशाली नेताहरुबाट विरोध भएपछि प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सत्तारुढ दलको दोहोरो चरित्रमाथि समेत प्रश्न उठाएका छन् । रविले लेखेका छन्, सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन।

अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्। प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् ।

Advertisement

के अब पार्टी नै बन्द गरिदिने हो त? मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक संजालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको बिकल्प सुधारिएको (द्यभततभच, क्ष्mउचयखभम बलम म्ष्कअष्उष्लिभम ) सोसियल मिडिया हो।

रविले सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन भन्दै प्रश्न सोधेका छन्, के यो निर्णय माओवादी केन्द्रको मात्रै हो? यसअघि सरकारको निर्णयपछि नेपाली काग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको भन्दै सामाजिक संजालमार्फत नै असन्तुष्टि जनाएका थिए ।

Advertisement

उनले लेखेका छन्, सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ’अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो।

सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन। यस्तै सत्तारुढ दल कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गर्धनमा पिलोआयो भने गर्धननै काट्ने प्रधानमन्त्रीज्यु ? भन्दै सरकारको निर्णयको विरोध गर्दै लेखेका छन् ।
कि जोखिम रहित उपचार खोज्ने ? टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लेउ
१) आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ? सरकार स्पष्ट होस्, राज्यले ञस्वच्छन्दताझ नियन्त्रण गर्ने हो ञस्वतन्त्रताझ नियन्त्रण गर्ने होइन !
२) सामाजिक–धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो । सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं ितार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं !
३) सामाजिक द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ त्यही व्यक्तिको टिकटक बन्द गर, ल्य अयmmभलत तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ ।
४) टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ कलाकार जन्माएको छ,  कयौंले कमाएका छन् । व्यवसाय प्रवर्द्धन गरेका छन् । कयौंले सकारात्मक सम्प्रेषण गरेका छन् । दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा बिधि बनाउ ।तर टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता लेउ । नेपाली काग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो ।

कांग्रेससहितको गठबन्धनकै बलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने सरकारमा कांग्रेसले नै उपप्रधानसहित धेरै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ । सरकारले आज टिकटक बन्द गर्ने निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भनेका छन्, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौँ । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेपछि कुनैपनि बेला टिकटक नेपालमा पूर्ण प्रतिबन्ध हुने छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top