६ वर्षपछि Biden ले गरे xi को भव्य स्वागत, के–के भयो सहमति ?

२९ कात्तिक ८०, बिहीबार

३० कार्तिक,एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच अमेरिकामा भेटवार्ता भएको छ । सो क्रममा चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापना लगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएका छन् । साथै लागुऔषधको तस्करी तथा आर्टिफिसियल इन्टेलिजेन्सको तनाव कम गर्ने बारेमा पनि दुई शीर्ष नेताबीचको भेटमा कुराकानी भएको छ ।

बाइडेनले सान फ्रान्सिस्कोबाट करिब ३० किलोमिटर दक्षिणमा रहेको फिलोली इस्टेटमा चिनियाँ राष्ट्रपतिलाई स्वागत गरेका थिए । सीलाई अमेरिकामा स्वागत गर्न पाउँदा गौरव र खुसी लागेको बाइडेनले बताए । सीले प्रतिक्रियामा हाम्रो भेटका लागि यो महान् धर्ती नै पर्याप्त रहेको भने । दुई देशबीच धेरै भिन्नता भए पनि मित्रता कायम गर्न उत्तिकै सक्षम रहेको टिप्पणी उनले गरे ।

यस्तै बाइडेनले अमेरिका र चीनबीचको प्रतिस्पर्धा कुनै पनि किसिमको द्वन्द्वमा परिणत नहोस् भन्ने कुरामा आपसी सम्बन्ध सुनिश्चित गर्नुपर्ने बताएका छन् । यस्तै यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा केन्द्रित एउटा कार्य समूह गठन गर्न सहमत भएका छन् ।

दुवै सरकारले ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त÷सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै देशलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको संयुक्त रुपमा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः शुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

कोप–२८ शिखर सम्मेलनका लागि दुवै देशबीच यसै महिनाको अन्त्यमा दुबईमा भेट हुँदैछ । यस वर्षको सुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप लगाएपछि चीन अमेरिका सम्बन्धमा चिसोपना आएको थियो । दुई नेताबीच गाजा र युक्रेनमा भएको युद्ध, अन्तर्राष्ट्रिय व्यापार र ताइवानका बारेमा पनि छलफल भएको बताइएको छ ।

राष्ट्रपति सीले बाइडेनसँग एक वर्षअघि बालीमा भएको भेटपछि धेरै कुरा परिवर्तन भइसकेको बताए । अहिले विश्व कोभिड महामारीबाट बाहिर निस्किएको भए पनि त्यसको प्रभाव अझै कायमै रहेको उनले बताए । विश्व अर्थतन्त्रमा सुधार भइरहे पनि यसको गति सुस्त रहेको उनको भनाइ थियो ।

६ वर्षको रिक्तता तोडेर चिनियाँ सर्वोच्च नेता सी मंगलबार अमेरिका पुगेका हुन् । सान फ्रान्सिस्कोमा आयोजित एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट (एपेक) मा भाग लिन सी अमेरिका पुगेका हुन् । त्यही क्रममा दुवै विश्वशक्तिका शीर्ष नेताहरूबीच द्विपक्षीय भेटवार्ता पनि भएको हो ।

गत वर्ष अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन क्रूद्ध बनेको थियो । रुस र युक्रेनबीचको युद्धमा पनि यी दुवै शक्तिराष्ट्र विपरीत ध्रुवमा छन् । इजरायल र हमासबीचको द्वन्द्वमा अमेरिका स्पष्टतः इजरायलको पक्षमा उभिएको छ । यो सन्दर्भमा सम्भावित सैन्य द्वन्द्वबाट बच्न चीन र अमेरिकाबीच भएको छलफललाई महत्त्वका साथ हेरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top