×

NEPAL TIMES UPDATES

Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026
Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026

युरो कप छनोटमा पोर्चुगल अपराजित

४ मंसिर २०८०

४ मंसिर,एजेन्सी ।
युरो–२०२४ छनोटको समूह ‘जे’मा पोर्चुगलले शतप्रतिशत जित निकालेको छ । आइतबार राति आइसल्यान्डलाई २–० ले हराएसँगै युरो छनोटमा पोर्चुगल अपराजित बनेको हो । घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज र रिकाल्डो होर्टाले गोल गरे । खेलको ३७औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए ।

यही गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पोर्चुगलले दोस्रो हाफमा एक गोल थप्यो । ६६औँ मिनेटमा होर्टाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए । समूह ‘जे’को अन्तिम खेलमा समेत विजयी भएको पोर्चुगलले ३० अंक जोडेको छ । पोर्चुगलले समूहमा खेलेका १० मध्ये सबैमा जित निकालेको हो ।

Advertisement
Advertisement

यो समूहबाट पोर्चुगलसँगै युरोपियन च्याम्पियनसिपमा स्थान बनाएको स्लोभाकियाले समान खेलबाट २२ अंक जोडेको छ । १० खेलबाट १० अंकको आइसल्यान्डले तालिकाको चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । यता रोमेलु लुकाकुको चार गोलप्रेरित बेल्जियमले पनि युरो–२०२४ छनोटमा अजरबैजानविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।

आइतबार राति ब्रसेल्समा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन लुकाकुले चार र अर्को एक गोल लियन्ड्रो ट्रोसार्डले थपे । खेलको २४औँ मिनेटमा एडी पास्कुलले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि पाहुना टिम अजरबैजान १० खेलाडीमा समेटिएको थियो ।

लुकाकुले १७औँ, २६औँ र ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनले ३७औँ मिनेटमा अर्काे गोल थप्दै घरेलु टिमलाई पहिलो हाफमै ४–० को अग्रतामा राखेका थिए । ट्रोसार्डले खेलको अन्तिम मिनेटमा गोल गरेपछि बेल्जियम ५–० ले विजयी भएको हो ।

Advertisement

समूह ‘एफ’मा रहेको बेल्जियमले आठ खेलबाट २० अंकसहित युरोपियन च्याम्पियनसिपमा स्थान निश्चित गरिसकेको छ । दोस्रो स्थानमा रहेको अस्ट्रिया पनि युरोमा स्थान बनाउन सफल भएको छ । अस्ट्रियाले आठ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट सात अंकको अजरबैजान तालिकाको चौथो स्थानमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top