मुम्बई इण्डियन्समा फर्किँदै हार्दिक ,कति छ पारिश्रमिक ?

८ मंसिर ८०, शनिबार

९ मंसिर, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले खेलाडीको ट्रेड (किनबेच) भइरहेको छ । यसैबीच भारतका अल राउण्डर हार्दिक पान्ड्याबारे अपडेट आएको छ । क्रिकइन्फोका अनुसार हार्दिकले गुजरात टाइटन्स छाड्ने भएका छन् । हार्दिकलाई मुम्बई इण्डियन्सले किन्ने निश्चित भएको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

दुई सिजन गुजरातको कप्तानी गर्दै खेलेका हार्दिकलाई मुम्बईले फिता ल्याउने तयारी गरेको हो । यसका लागि मुम्बईले गुजरातलाई नगद शुल्क तिर्ने सहमति भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार हार्दिकलाई मुम्बईले प्रति सिजन १५ करोड भारु पारिश्रमिक दिने सहमति भएको छ ।

आइपिएलको खेलाडी रिटेन्सनको समय नोभेम्बर २६ अपराहन्न ४ बजेसम्म रहेकाले मुम्बईले हार्दिकलाई भित्र्याउन केहि खेलाडीलाई रिलिज गर्ने बताइएको छ । जसमा ईङल्याण्डका बलर जोफ्रा आर्चरको नाम अगाडि रहेको छ ।

हार्दिकले २०२२ मा गुजरातको डेभ्यु सिजनको कप्तानी गर्दै उपाधि जिताएका थिए भने २०२३ मा उपविजेता बनेका थिए । रोहित शर्मा अब विस्तारै टी–२० क्रिकेटबाट टाढिने भएपछि मुम्बईले हार्दिकलाई नियमित कप्तान बनाउन भित्र्याउन लागेको बुझिएको छ ।

हाल भारतको राष्ट्रिय टिममा टी–२० कप्तानसमेत रहेका हार्दिकले अब मुम्बईमा रोहितको स्थान लिनसक्ने अनुमान गरिएको छ । हार्दिकको क्रिकेटमा उदय हुनुमा मुम्बई इण्डियन्सकै भूमिका रहेको छ । हार्दिकलाई २०१५ मा मुम्बईले १० लाख भारुमा भित्र्याएको थियो, त्यति बेला उनी राष्ट्रिय टिममा समेत पुगिसकेका थिएनन् । हार्दिक मुम्बईले १०१५, २०१७ र २०१९ मा उपाधि जित्दाका प्रमुख खेलाडीसमेत थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top