×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कहाँ खान पाइन्छ प्रयोगशालामा बनाइएको मासु ?

१० मंसिर २०८०

१० मंसिर,काठमाण्डौ ।
इटालीले प्रयोगशालामा उत्पादन गरिने मासुमा प्रतिबन्ध लगाएको छ । योसँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ । इटालीको संसद्ले महिनौँसम्मको बहसपछि नयाँ कानुन पारित गरेको हो । नियम उल्लंघन गरेमा ६० हजार युरो (६५ हजार ८०० अमेरिकी डलर) सम्म जरिवाना हुनसक्छ ।

जर्मनी र स्पेनलगायत अरू देशहरूले त्यस्तो मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिबन्ध लगाएको हो । कृत्रिम मासुलाई हर्मोन र एन्टिबायोटिक प्रयोगको आवश्यकता पर्दैन । यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ ।

कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टका अनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखिएको छ । सिंगापुरको ज्गदभच’क द्यगतअजभचथ बलम द्यष्कतचय विश्वकै एकमात्र यस्तो रेष्टुरेन्ट हो जहाँ प्रयोगशालामा उत्पादन गरिएको कुखुराको मासुका परिकार खान पाइन्छ ।

रेष्टुरेन्ट धनीका अनुसार प्रयोगशाला निर्मित चिकेनका परिकारका सम्बन्धमा ग्राहकहरुबाट निकै नै उत्कृष्ट प्रतिक्रिया प्राप्त भैरहेको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेको भ्बत व्गकत नामक कम्पनीले प्रयोगशालामा यस्तो कुखुराको कृत्रिम मासु उत्पादन गर्दै आएको छ ।

प्रयोगशालामा कुखुराको मासु उत्पादन गर्ने कार्य नैतिक मात्र नभएर वातावरणमैत्री रहेको र यसको स्वादमा पनि कुनै सम्झौता नगरिएको कम्पनीको भनाइ छ । यो उद्योगमा अर्बौँ डलर खर्च गरिएको छ तर यो उद्योगको निरन्तरतामा भने प्रश्नचिह्न उठिरहेको छ । सन् २०१३ मै लण्डनमा विश्वमै पहिलोपटक प्रयोगशालामा चिकेन बर्गर तयार पारिएको थियो ।

उक्त बर्गर तयार पार्न ३ लाख ३० हजार डलर लागेको थियो । त्यसयता विश्वका दर्जनौँ कम्पनीहरु सुपथ मूल्यमा प्रयोगशालामा उत्पादित मासु उपलब्ध गराउने दौडमा सामेल भैसकेका छन् । अमेरिकी कम्पनी भ्बत व्गकत ले उत्पादन गरेको मासुलाई सिंगापुर सरकारले बिक्रीका लागि सन् २०२० को डिसेम्बरमा अनुमति दिएको थियो ।

सिंगापुर प्रयोगशालामा तयार पारिएको मासुलाई आमरुपमा बिक्रीका लागि अनुमति दिने विश्वकै पहिलो मुलुक हो । यद्यपि प्रयोगशाला निर्मित कुखुराको मासु बजारमा दुर्लभ नै छ । एउटा प्राइभेट सदस्य क्लबमा सन् २०२१ मा यस्तै कुखुराको मासुको चिकेन नगेट उपलब्ध गराइएको थियो । तर त्यो धेरै समय टिकेन ।

अन्ततः ज्गदभच’क द्यगतअजभचथ बलम द्यष्कतचय ले हप्ताको एकपटक प्रयोगशाला निर्मित चिकेन पास्ता तथा चिकेन स्याण्डविच परिकार उपलब्ध गराउन सुरु गरेको छ । यद्यपि यसका लागि पनि सीमित कोटा तोकिएको छ । प्रयोगशालामा मासु उत्पादन गर्ने कम्पनी भ्बत व्गकत का प्रमुख कार्यकारी अधिकृत जोस टेट्रिकका अनुसार यस्तो उत्पादित मासु पनि वास्तविक मासु नै हो तर यसका लागि कुनै जनावरको काटमार गर्नु पर्दैन ।

यस्तोखाले खानपान भविष्यका लागि निकै लाभदायी हुन्छ । वास्तवमा यो कृत्रिम मासु कुनै वनस्पतीबाट उत्पादन गरिएको नभई वास्तविक मासु नै हो । यद्यपि यसमा केही वनस्पतीजन्य प्रोटिन पनि थप गरिएको हुन्छ । यो तयार पार्नका लागि जनावरको शरीरबाट कोशिका निकालिन्छ र त्यसलाई प्रयोगशालामा प्रोटिन, चिनी तथा चिल्लो पदार्थ लगायतका पोषक तत्वहरु दिएर वृद्धिविकास गराइन्छ ।

त्यसपछि त्यसलाई स्टिलको ठूलो आकारको बायोरिएक्टरमा राखिन्छ जसले फर्मेन्टेसन टंकीको काम गर्दछ । ४ देखि ६ हप्तापछि उक्त पदार्थलाई बायो रिएक्टबाट निकालिन्छ । त्यसमा केही वनस्पतीजन्य प्रोटिन थप गरिन्छ । त्यसपछि त्यसलाई पिसेर, पकाएर र थ्रीडी प्रिन्ट गरी निश्चित आकार र टेक्स्चर दिइन्छ ।

यसरी प्रयोगशालामा मासु तयार हुन्छ । जसबाट जुनसुकै मासुका परिकार तयार पर्न सकिन्छ । यो मासुको स्वाद, आकार प्रकार सबै वास्तविक मासुको जस्तै हुन्छ । सिंगापुरको सो रेष्टुरेन्टमा त्यस्तो मासुबाट बनाइएको चिकेन पास्ताको मूल्य १८.५०सिंगापुर डलर छ । यसको उत्पादन लागतको तुलनामा यो सस्तो भएको बताइन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top