×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

शेख हसिनाको पार्टीमा शकिब, मतदाताले पत्याउलान् ?

११ मंसिर २०८०

११ मंसिर,एजेन्सी ।
बंगलादेशको राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका शकिब अल हसन राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ । ढाका ट्रिब्यूनका अनुसार, अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन् ।

यसअघि गत निर्वाचनमा पूर्व कप्तान मशरफे मुर्तजा नरैलबाट उम्मेदवार बनेर जितेका थिए । अहिले उनी सांसद छन् । मशरफी सधैँ आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न रहने गरेका थिए तर शकिब कहिल्यै पनि त्यस्तो सामाजिक कार्यमा सहभागी भएको देखिएको छैन ।

Advertisement
Advertisement

बंगलादेशमा क्रिकेट राजनीतिसँगको सम्बन्ध गहिरो र पुरानो छ । साकिब र मशरफी बाहेक, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन पनि चुनाव लडेर २००९ मा पहिलो पटक सांसद भएका थिए । नजमुल हसन अहिले पनि सांसद नै छन् । आउँदो वर्षको जनवरीमा बंगलादेशमा आम निर्वाचन हुँदै छ ।

बंगलादेश अवामी लिगकी अध्यक्षसमेत रहेकी शेख हसिना १५ वर्षदेखि बंगलादेशको सरकारको नेतृत्व गरिरहेकी छिन् । उनलाई प्रतिपक्षी दलमाथि धरपकड गरेको तानाशाही सरकार चलाएको समेत आरोप लाग्दै आएको छ ।

Advertisement

हसिनाको मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेकी र दुई पटक प्रधानमन्त्री बेगम खालिदा जियालाई नजरबन्दमा राखिएको छ । बीएनपीले २०१४ को चुनाव बहिष्कार गरे पनि २०१८ मा भने सहभागी भएको थियो । इस्लामिक आन्दोलन बंग्लादेश(आईएबी) ले पनि चुनाव बहिष्कार गर्न सक्ने चेतावनी दिँदै आएको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top