×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

नेपालमा आयो SmartGuff , फेसबुक, टिकटकको सुविधा

११ मंसिर २०८०

११ मंसिर,काठमाण्डौ ।
नेपालमा समेत लोकप्रिय बनेको टिकटक एपमाथि सरकारले प्रतिबन्ध लगाएपछि यसको विकल्प खोजिरहेका नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुका लागि नेपालमै नयाँ सामाजिक सञ्जालको स्मार्टगफको सुरुवात गरिएको छ । स्मार्टगफमा हाल प्रयोगमा रहेको फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालहरुको फिचर रहेको छ ।

स्मार्ट गफ नामक उक्त सामाजिक सञ्जालको मोबाइल एप र वेभ भर्सन अहिले प्रयोगमा आइसकेको छ । यसबाट भ्युज अनुशार पैसा समेत कमाउन सकिने छ । भिडिओमा प्राप्त भ्युजका आधारमा प्रयोगकर्तालाई पैसा दिने गरी स्मार्टगफ एप प्रालिले यो एप ल्याएको हो । स्मार्टगफ एप नेपालका लागि यहाँको माटो सुहाउँदो हुने गरी नेपालीले नै बनाएको कम्पनीले बताइको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश शाहीका अनुशार स्मार्टगफ प्रयोग गर्ने सबैले आफ्नो पोस्ट मार्फत पैसा कमाउन सक्छन् । स्मार्टगफमा प्रत्येक कमेन्ट, शेयर र इंगेजमेन्टले छुट्टै अर्थ राख्छ । सीईओ शाहीका अनुसार कम्पनीले प्रत्येक एक हजार भ्युजका लागि १५ रुपैयाँ दिनेछ । तर यो रकम झिक्न भने प्रोफाइलमा न्यूनतम सय रुपैयाँ जम्मा हुनु पर्ने भनिएको छ ।

त्यसरी जम्मा हुने पैसा प्रति महिना चार पटकमा झिक्न सकिने उनले बताएका छन् । प्रयोगकर्तालाई भ्युजका आधारमा पैसा दिन कम्पनीले आम्दानी बाँडफाँड गर्ने सीईओ शाहीको भनाइ छ । यसका लागि एपमा विज्ञापन र लाइभ सेक्सन चाँडै थपिनेछ । त्यस्तै एपलाई सभ्य बनाउन नग्नता र अपशब्द जस्ता कुरालाई पूर्ण प्रतिबन्ध लगाइएको पनि शाहीले बताएका छन् ।

झट्ट हेर्दा यो एपको इन्टरफेस टिकटक र इन्स्टाग्रामको जस्तै देखिन्छ । किनकी एपमा छोटो भिडिओसँगै फोटो समेत पोस्ट गर्न मिल्छ । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइसकेपछि केहीले यो एपलाई त्यसको विकल्पका रूपमा समेत प्रस्तुत गरिरहेको छ । तर कम्पनी स्वयंले भने आफ्नो एपलाई टिकटको विकल्प नभएको बताएको छ ।

यसमा प्रयोगकर्ताबीच कुराकानी गर्न च्याट फिचर भने उपलब्ध छैन् । यद्यपि प्रयोगकर्तालाई उपयोगी हुने अन्य फिचरहरू भने आगामी दिनमा थप्दै कम्पनीको योजना रहेको छ । सामाजिक सञ्जाल व्यक्तिको दैनिकीको महत्वपूर्ण पाटो बन्न थालेको परिप्रेक्ष्यमा व्यक्तिगत र व्यवसायिक लाभ हासिल गर्न स्मार्ट गफ आम नेपालीका लागि लाभदायिक रहने स्मार्ट एपको दाबी छ ।

यसअघि टिकटक बन्द भएसँगै नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडिओहरूका लागि मोबाइल एप ’रमाइलो’ सार्वजनिक भएको थियो । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ।

टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध परेको रिटमा भने सर्वाेच्चले तत्काल खोल्नका लागि अन्तरिक आदेश दिन अस्वीकार गर्दै कारण देआउ आदेश जारी गरेको छ । सरकारसँग एप बन्द गर्नुको कारण मागेको अदालतले सरकारको जवाफपछि टिकटक प्रतिबन्धविरुद्ध परेका झन्डै एक दर्जन रिटको अन्तिम सुनुवाइ गर्नेछ । टिकटकबाट सामाजिक सद्भाव खल्बलिएको भन्दै सरकारले कात्तिक २७ मा यसलाई प्रतिबन्ध गरिदिएको थियो ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top