पूर्वराजाको नाम अघि ‘श्री ५ वडामहाराजधिराज’ हटाइयो

१० मंसिर ८०, सोमबार

११ मंसिर, काठमाण्डौ ।
झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द हटाइएको छ । शनिबार विर्तामोडस्थित इकम कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द कलेजले हटाएको हो ।

कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गराएकोप्रति राजनीतिक दलहरुले आपत्ति जनाउँदै कलेजमाथि कार्वाहीको माग गरेका थिए । देशमा राजतन्त्र भएजसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ लेखिएको शिलालेख प्रशासनको चेतावनीपछि कलेजले हटाएको हो ।

इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाउने चेतावनी बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले दिएका थिए । कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने उनले बताएका छन् ।

गैरकानूनी रुपमा शिलालेख लेखेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि स्पष्टिकरण सोधेपछि इकम कलेजले ‘श्री ५ बडामहाराजधिराज’ लेखिएको शिलालेख हटाएको हो ।कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरेका छन् ।

सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले बताएका छन्।अब शिलालेखमा पूर्वराजा भनेर लेखिने उनले बताएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले श्री ५ बडामहाराजधिराज लेखेको बारेमा स्पष्टीकरण सोधेपछि कलेज प्रशासनले शिलालेख हटाएको हो ।

शनिबार कलेजले स्थापना गरेको शालिक अनावरण गर्न पूर्वराजालाई निम्त्याएपछि राप्रपाले उनको पक्षमा व्यापक जनप्रदर्शन गरेको थियो । राप्रपाको अगुवाईमा झापामा ठूलो संख्यामा राजावादीहरु सहभागि भएका थिए । झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट ¥याली निकालेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top