×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोहितले टेस्ट टिमको मात्रै कप्तानी गर्ने, शुभमन आउट

१५ मंसिर २०८०

१५ मंसिर,एजेन्सी ।

भारतले दक्षिण अफ्रिका भ्रमणका लागि क्रिकेट टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य छनोटकर्ता अजीत अगरकरले बिहीबार तीन वटै ढाचाको सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरेका हुन् । साउथ अफ्रिका भ्रमणमा भारतले तीन टी ट्वान्टी, तीन वान डे र दुई टेष्ट म्याचको सिरिज खेल्नेछ ।

Advertisement
Advertisement

भारतीय टिमको टी ट्वान्टीको कप्तानी सुर्यकुमार यादवले सम्हाल्नेछन् । वान डे क्रिकेटको कप्तानी केएल राहुलले पाउनेछन् भने टेस्ट टिमको कप्तानी रोहित शर्माले गर्नेछन् । रोहित शर्मा र विराट कोहलीले साउथ अफ्रिका भ्रमणमा टी ट्वान्टी र वान डे क्रिकेटमा बिश्राम मागेका थिए । मोहम्मद शामी चोटको उपचार गरिरहेका छन्, उनको उपस्थिती फिटनेशमा निर्भर रहने बताईएको छ ।

वान डे क्रिकेटमा सन्जु सामसन र युजवेन्द्र चहलले पुनरागमन गरेका छन् । रजतत पाटीदार, साइ सुर्दशनलाई समेत नयाँ अनुहारको रुपमा टिममा छनोट गरिएको छ । युजवेन्द्र चहल र सन्जु सामसनलाई ठूलो मौका मिलेको छ । किनकी वान डेमा शुभमन गिल र सुर्य कुमार यादवलाई राखिएको छैन । टेष्ट टिमबाट केएस भरतलाई बिदा गरिएको छ ।

अब टेष्ट टिममा विकेटकिपरको रुपमा केएल राहुल र इशान किशन हुनेछन् । टेष्ट टिमको उप कप्तानमा जसप्रीत बुमराह रहनेछन् । बुमहराले पछिल्लोपटक १७ महिनाअघि बर्मिङ्घममा इङ्ल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेलेका थिए । उनी लामो समय पिठ्यूँको समस्याबाट पिडीत भएका थिए ।

उनले हालै घरेलु मैदानमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप भने खेलेका थिए । टी ट्वान्टीमा पुन एक पटक सुर्यकुमारलाई बोर्डले विश्वास गरेको छ । जसमा उपकप्तान रविन्द्र जडेजा हुनेछन् । जडेजालाई पहिलो पटक ठूलो जिम्मेवारी दिईएको छ । ऋतुराज गायकवाडलाई तीनै ढाचाको क्रिकेटमा राखिएको छ ।

Advertisement

भारतीय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका रुपमा दोस्रो पाली सुरु गरेयता राहुद द्रविडका लागि पनि यो पहिलो टेस्ट हुनेछ । बीसीसीआईले बुधबारमात्र प्रमुख प्रशिक्षक द्रविडको सम्झौता लम्ब्याउने निणर्य गरेको थियो । डिसेम्बर १० देखि सुरु हुने दक्षिण अफ्रिका भ्रमणका क्रममा भारतीय टोलीले टी—२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि खेल्ने कार्यक्रम छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top