प्लटिङले रुप विगारेको काँठक्षेत्र ,कसले हर्यो काँठको हरियाली ? (फोटोफिचर)

१५ मंसिर ८०, शनिबार

१६ मंसिर,काठमाण्डौ ।
सहर बजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही सहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो । सामान्य बोलिचालीको भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि ।

काठमाडौँ उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामिण क्षेत्रलाई काँठ भनिन्छ । यसो हेर्दा सहरिया जनजीवनजस्तो तर ग्रामिण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौंदेखि आफ्नै प्रकारले चल्दै आएको छ । हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो ।

Advertisement

काँठको जनजीवनमा आत्मियता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौँ उपत्यकाको चक्रपथभित्रको स्थानलाई काँठका मानिसहरू सहर भन्ने गर्दथे । आफ्नो घरगाउँबाट काठमाडौँको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरू सहर जाने भन्ने सम्बोधन गर्दथे ।

Advertisement

काँठका मानिसहरू उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा सहरप्रति निर्भर थिए । काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो । तर अहिले बिस्तारै काँठ क्षेत्र काँठको रुपमा रहन सकिरहेको छैन । यो कायापलट भएको केही समय मात्र भयो ।

काँठ अब काँठजस्तो रहेन । समयको आरोहअवरोहबाट काँठ अछुतो रहन सकेन । समयका कारण काँठलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक परिवर्तनमा समाहित हुन बाध्य बनायो । करिब एक दशकको अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ । काठँको हरियाली लगभग सकिएको छ ।

काँठको जग्गा खरिद–बिक्री यसरी बढेको छ कि, जग्गा होइन त्यहाँ कुनै अमूल्य चिजको खरिद–बिक्री भइरहेको छ । आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ । वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदुषित बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top