विराटनगर, भदौ २५
नेपाल आईडलको पहिलो संस्करणमा रकस्टारको नामले चिनिएका खोटाङका युवा गायक उल्सन श्रेष्ठको दोस्रो साङ्गितीक कोशेली ‘म सक्छु जित्न’ सार्वजनिक भएको छ ।
पहिलो गित ‘हुरि आयो’ ले अपार सफलता पाएपछि उनको दोस्रो गित ‘म सक्छु जित्न’ आईतबार युट्युबमार्फत सार्वजनिक भएको हो ।
उल्सनको स्वरमा रहेको यो गीतको संगीत नरेश भट्टराईले गरेका हुन् भने गीत रचना कल्याण सिंहले गरेका हुन् । ‘म सक्छु जित्न’को म्युजिक भिडियोको निर्देशन सञ्जित कुमार घिसिङले गरेका छन् ।जसमा उल्सन र रियाको अभिनय रहेको छ ।
उनको पहिलो गित ‘हुरी आयो’ यूट्युबको टे«ेन्डिङमा समेत परेको थियो । उनी नेपाल आईडलको पहिलो संस्करणमा टप ८ बाट बाहिरिएका थिए ।