इजरायल र हमासबीच फेरि युद्धविराम हुनसक्छ ?

२५ मंसिर,एजेन्सी ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेको बताएका छन् । उनले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थताको प्रयास जारी रहेको बताएका हुन् ।

तर, लगातारको बमबारीको घटनाले जटिलता ल्याएको पनि उनी बताउँछन् । यसअघि कतारकै प्रयासमा इजरायल र हमासबीच सात दिनको अस्थायी युद्धविराम भएको थियो । तर सो युद्धविराम सकिएपछि गाजामा इजरायलले आक्रमण झनै तिब्र बनाएको छ । उसले आफू लक्ष्यनजिक पुगेको समेत दाबी गरेको छ ।

यस्तो बेला कतारले फेरि युद्धविराम हुनसक्ने संकेत गरेको हो । तर यसबीच इजरायलले हमास कमाण्डरलाई मारेको जनाएको छ । इजरायली सेनाले सोमबार एक्सको एक पोस्टमा हमासको शेजैया बटालियनका कमाण्डर इमाद क्रिकाईलाई मारेको घोषणा गरेको हो ।

Advertisement

तर, इजरायली सेनाले सो मृत्युका बारेमा थप जानकारी दिएको छैन । सो पोस्टका अनुसार ती बटालियन कमाण्डरले अघिल्लो कमाण्डरको मृत्युपछि उनको भूमिका ग्रहण गर्नुअघि क्रिकाईमा अर्थात पहिले गाजा सहर ब्रिगेडमा एन्टी ट्याङ्क मिसाइल प्रशिक्षणको लागि जिम्मेवार थिए ।

गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या १८ हजार पुगेको छ । आइतबार साँझसम्म १८ हजार जनाको मृत्यु पुष्टि भएको अल्जजिराले जनाएको छ । अक्टोबर ७ यता गाजामा झन्डै ५० हजारजना घाइते भएका छन् ।

Advertisement

बितेको २४ घण्टामा मात्र २९७ जना मारिएका छन् भने ५५० जना घाइते भएका छन् । नौ हप्ताअघि अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा १२ सय जना मारिएका थिए । हमासले २४० जनालाई बन्दी बनाएको थियो । जसमध्ये केही रिहा भइसकेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top