प्रतितोला २८ सय रूपैयाँले बढ्यो सुनको भाउ

२८ मंसिर ८०, बिहीबार
Share this
705shares

२८ मंसिर ,काठमाडौं ।

Advertisement

साताको पहिलो कारोबार दिनदेखि लगातार घटेको सुनको भाउ बिहीबार बढेको छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैपटक दुई हजार आठ सय रूपैयाँ बढेको हो।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top