आईपीएल अक्सन आज, किन हुँदैछ मिनी अक्सन ?

२ पुस ८०, मंगलबार

३ पुष्म ,काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सन आज दुबईमा हुँदैछ । यो आइपिएलको १७ औं सिजनको मिनी लिलामी हो । अक्सन दुबईको कोका–कोला एरिनामा दिउँसो १ बजे सुरु हुने छ । आईपीएलका १० फ्रेन्चाइज टोलीका लागि भारतीय तथा विदेशी गरी कुल ३ सय ३३ खेलाडीमा बोली लाग्ने छ ।

आईपीएलका लागि नाम दर्ता गराएका तर ड्राफ्टमा नपरेपनि फ्रेन्चाइज टोलीले किन्न चाहेको खण्डमा त्यस्ता खेलाडीपनि अक्सनमा पर्न सक्छन् । यसैले नेपाली खेलाडीको संभावना पनि अझै बाँकी छ । अक्सनमा १० टोलीमा जम्मा ७७ खेलाडीको ठाउँ खाली रहेको छ । जसका लागि सम्पूर्ण टोलीसँग कुल २ सय ६२.५ करोड भारतीय रुपैयाँ रहेको छ ।

गुजरातमा सबैभन्दा बढी ३८.१५ करोड भारतीय रुपैयाँ रहेको छ । कोलकातामा सबैभन्दा बढी १२ खेलाडीको कोटा बाँकी छ । यसपटक मिनी अक्सन हुने भएको हो, किनभने २०२२ को आइपिएल अघि मेघा अक्सन भएको थियो । जसमा २ नयाँ टोली लखनउ सुपरजायन्ट्स र गुजरात टाइटन्स थपिएका थिए ।

मेघा अक्सनमा टोलीले ४–४ खेलाडी मात्रै राख्न सक्ने भएकाले धेरै खेलाडी रिलिज गरिएका थिए । त्यसपछि टिमले थोरैमात्र खेलाडी रिलिज गर्ने भएकाले सीमित सिटका लागि ठाउँ रहने भएकाले मिनी अक्सन गरिँदै आएको छ । मेघा अक्सन भने तीन वर्षमा एक पटक हुन्छ, मिनी अक्सन भने हरेक वर्ष हुने गर्छ ।

आजको अक्सनमा २१४ भारतीय, ११९ विदेशी र दुई एसोसिएट खेलाडी छन् । एसोसिएटबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा छन् । यस पटक अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले सबैभन्दा महँगो मूल्य पाउने अनुमान गरिएको छ ।

धेरै टोलीलाई तीव्र गतिका बलर आवश्यक हुँदा स्टार्क अक्समा महँगो मूल्यमा जाने अनुमान गरिएको हो । अष्ट्रेलिया जोश हेजलवुड, कप्तान प्याट कमिन्स र ट्रर्विस हेड पनि महँगो मूल्यमा जाने सम्भावना छ । न्युजिल्यान्डका दुई अलराउन्डर रचिन रविन्द्र र डर्याल मिचेलले पनि अक्सनमा महँगो मूल्य पाउन सक्छन् ।

नेपालबाट भने सर्ट लिष्टमा कुनैपनि खेलाडी अक्सनमा छैनन् । यदि कुनै फ्रेन्चाइज टोलीले चाहेको खण्डमा अक्सनमा नेपाली खेलाडी पर्न सक्ने सम्भावना भने बाँकी रहन्छ । आफूले किन्न चाहेको खेलाडी सर्ट लिष्टमा छुटेको खण्डमा फ्रेन्चाइज टोलीले बिसिसिआईलाई आग्रह गरेर राख्न सक्छन् ।

नेपाली खेलाडी अक्सनमा जान कुनै फ्रेन्चाइज टोलीले नाम सिफारिश गर्नुपर्ने हुन्छ । यसअघि पनि नेपालका स्पिनर सन्दीप लामिछाने २०१८ को आइपिएल अक्सनमा सुरुवाती नाम नै दर्ता गराएका थिएनन् । तर तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) को आग्रहमा सन्दीप आइपिएलको अक्सनमा राखिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top