×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

विराटनगर–६ विकासको गतिले फड्को मार्दे (भिडियो रिपोर्टसहित)

२५ भाद्र २०७५

किशोर विश्वकर्मा
विराटनगर, भदौ २४
जनप्रतिनिधी आएको झण्डै एक वर्षको अवधिमै विराटनगर वडा नम्बर ६का वडाबासीले विकासको अनुभुति गर्न पाएका छन् । वडाध्यक्ष विजय कामतले निर्वाचनका समयमा जनतासँग गरेको प्रतिद्धता अनुरुप वडामा विकासको लहर ल्याएका हुन् । केही महिना अघि सम्म सामान्य वर्षामा समेत अत्यधिक जलमग्न हुने सो वडामा वर्षाको समयमा निकै हिलाम्य हुने गर्दथ्यो । तर, यतिबेला सो वडाको मुहार नै फेरिएको छ । वडाका विभिन्न स्थानमा कालोपत्रे सडक तथा पक्कि नाला, ग्राभेल सडक तथा कच्चीनाला निर्माण भएपछि अहिले उक्त वडाका अधिकांश भाग जलमग्न हुनबाट रोकिएको छ भने वर्षमा पानी जमेर बाढी आउने समस्याबाट समेत मुक्ति पाएपछी यतिबेला स्थानीय हर्षित बनेका छन् ।

गत आर्थिक वर्षमा अढाईकरोड रुपैयाँ बजेट विनियोजन भएकोमा सो बजेटबाट वडाको रामपुर टोलमा ५ सय मिटर कालोपत्रे सडक र पक्कि नाली, लालिगुराँस टोल तथा मंगलबाबा टोलमा ६÷६ सय मिटर ग्राभेल सडक र कच्ची नाला, ब्रम्हपुराटोलमा ६ सय मिटर ग्राभेल तथा कच्ची नाला, दिल्ली पब्लिक स्कुल जाने सडक समेत ६ सय मिटर ग्राभेल तथा कच्ची नाला निर्माण गरिएको वडाध्यक्ष विजय कामतले जानकारी दिए ।

Advertisement
Advertisement

त्यसै गरि आदर्श मार्गमा ६ सय मिटर ग्राभेल तथा कच्ची नाला, सिता टोलमा ५ सय मिटर ग्राभेल सडक र कच्ची नाला, जुनेली मार्गमा ३ सय मिटर कालोपत्रे सडक एवम कच्ची नाला विजय पथ मार्गमा ५ सय मिटर ग्राभेल तथा कच्ची नाला, सगरमाथा टोलमा २ सय मिटर ग्राभेल सडक तथा कच्ची नाला, विपि टोलमा २ सय मिटर पक्कि नाला, ब्रम्हपुरा सितापुर टोलमा २ सय ५० मिटर पक्कि नाला, अनामनगरमा करीब १ किलोमिटर ग्राभेल सडक तथा कच्ची नाला निर्माण भएको वडाध्यक्ष कामतले बताए ।

उनले सो वडाको केसलिया सडक नहरदेखि धुदवा खोल्सा सम्म एक किलोमिटर सडक पक्कि नाला सहित कालोपत्रे, झरना चोक देखी वडा समिति सम्म ५ सय मिटर कालोपत्रे सडक निर्माण सम्पन्न गरिएको जानकारी दिए । त्यसै गरि वडासमिति मर्मत संहार, सरौचियामा २ किलोमिटर ढलनिर्माण कार्य जारी रहेको वडा समितिले जनाएको छ ।

विकास निर्माणका काम सँगै वडासमितिले लक्षित वर्गका कार्यक्रम, विभिन्न धार्मिक आस्थाका केन्द्रहरुको मर्मत संहार तथा निर्माण तथा महानगरमै वडा समितिले उदाहरणीय कार्य गरेको छ । उक्त वडाले वडाका ३ विद्यालयमा अंग्रेजी माध्यामबाट पठनपाठन सुरु गर्न लगाएको छ भने अंग्रेजी माध्यमका शिक्षकलाई वडा समिति मार्फत नै भत्ता समेत वितरण गरेको छ । त्यति मात्र नभएर ति शिक्षकलाई वडासमिति मार्फत नै तलब वितरण गर्ने योजना समेत बनाएको छ । अझ वडा समितिले वडाभित्र रहेका विभिन्न वाल विकास केन्द्रका शिक्षिकाहरुलाई मासिक २ हजार रुपैयाँ भत्ता समेत आफै वितरण गर्दै आएको वडाध्यक्ष कामतले बताए ।

वडाध्यक्ष कामतले आफुहरुलाई प्राप्त अधिकार मध्येबाट सेवाग्राहीलाई छिटो छरितो ढंगले सेवा दिने गरेको भएपनि वडा समिति आफैले विनियोजित बजेट खर्च गर्न नसकिएकाले विभिन्न समस्या सृजना भएको बताए । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माण अन्तर्गत वडाका लागि विनियोजित ४ करोड रुपैयाँ बजेटबाट वडाका ममता मार्ग विजय पथ, रामपुर, सितापुर, महाकाल मार्ग, डिपिएस मार्ग, शिव मन्दिर मार्ग, ममता मार्ग, जुनेली मार्ग, लेखनाथ मार्ग, शनि मार्ग, सरौचिया मार्ग, झुम्की मार्ग, हनुमन नगरमार्ग, जनप्रीय टोल ब्रम्हपुरा मार्ग, आदर्श टोल मार्गमा कालोपत्रेसडक, ग्राभेल, पक्कि र कच्ची नाला निर्माण लगायतका निर्माणकार्यहरु हुने वडा समितिले जनाएको छ । वडा समितले हाल सम्म १२ लाख रुपैयाँ कर संकलन गरेको छ ।

Advertisement

भिडियो रिपोर्ट तल हेर्नुहोस् :

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top