×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

एनएसएलको पुरस्कार राशि दोब्बरले बढ्यो

१२ पुष २०८०

१२ पुष ,काठमाडौँ ।
नेपाल सुपर लिग (एनएसएल)को पुरस्कार रकम अघिल्लो संस्करणमा भन्दा दोब्बरले बढेको छ । अघिल्लो संस्करणमा च्याम्पियन काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएकोमा यो संस्करणमा च्याम्पियन हुने टोलीले ७० लाख पाउने आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले जनाएको छ ।

लिगको पूर्वसंध्यामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजमेन्टका मेनेजिङ डाइरेक्टर श्रेयांश कार्कीले पुरस्कार रकम बढ्ने भए पनि यतिनै हुने भनेर निर्क्योल भइनसकेको बताएका थिए । जारी लिगमा आज दोस्रो क्वालिफायर्समा पोखरा थण्डर्स र ललितपुर सिटी भिड्दैछन् । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

Advertisement
Advertisement

आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो । पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

जारी लिगको उपविजेता हुने टोलीले २० लाख रुपैयाँ प्राप्त गर्नेछ । आयोजकले प्रतियोगिताको भ्यालुएबल खेलाडी बन्दै ‘गोल्डेन बल’ जित्ने खेलाडीले २ लाख रुपैयाँ पाउने बताएको छ । त्यस्तै, ‘गोल्डेन बुट’ जित्ने शीर्ष गोलकर्ता, ‘गोल्डेन ग्लभ्स’ पाउने उत्कृष्ट गोलकिपर र इमर्जिङ प्लेयरले १÷१ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरीले आगामी संस्करणमा पुरस्कार रकम अझै बढाएर लैजाने बताएकी छन् । एनएसएलको दोस्रो संस्करणले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । साविक विजेता काठमाडौं रेजर्स एलिमिनेटर बाट बाहिरिएसँगै एनएसएलमा यसपटक नयाँ टोलीले उपाधि उचाल्ने निश्चित भएको हो ।

दशरथ रंगशालामा जारी एनएसएसलमा ललितपुर सिटी एफसी विरुद्ध मंगलबार ३–० ले पराजित भए सँगै काठमाडौंको उपाधि यात्रामा पूर्णविराम लागेको हो । लिग चरणको अन्तिम खेलमा ललितपुर विरुद्ध नै १–० को जित निकाल्दै प्लेअफमा स्थान बनाएको काठमाडौंको बाहिरिएपछि अब ३ टोली उपाधि दौडमा बाँकी रहेका छन् ।

पहिलो क्वालिफायरमा सोमबार पोखरा थन्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी एफसीले फाइनलमा पुगेको थियो । यसपटक उपाधि दौडमा बाँकी रहेका ३ टोली मध्ये धनगढीसँग मात्र एनएसएलको फाइनल खेलेको अनुभव छ । पहिलो संस्करणमा पनि पहिलो क्वालिफाइयर जित्दै फाइनल पुगेको धनगढी फाइनलमा पराजित भएको थियो ।

Advertisement

पोखरा र ललितपुरबीचको खेलको निर्णय पहिलो पटक बिहीबारको जित हारमा हुनेछ । यसअघि दुबै भेटमा यि दुईले अंक बाँडेका थिए । लिग चरणमा यसपटक र सन् २०२१ को पहिलो संस्करणमा पनि पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top