१३ पुष, एजेन्सी ।
इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू व्यहोरोको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षकका अनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसम घटनाहरू व्यहोर्नुपरेको हो । जुन गत वर्षको तुलनामा २२ प्रतिशतले बढेको छ ।
गर्मीको लहरदेखि खडेरी, असिनापानी, बाढी र आँधी,तुफानका घटनाहरु व्यहोर्नुपरेको बताइएको छ । मौसमी विपद्बाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । अर्कोतर्फ इटालीको बुट आकारको प्रायद्वीपमा यस वर्ष दैनिक नौ भन्दा बढी कठोर मौसम घटनाहरू भएको कृषि क्षेत्र संघ कोल्डिरेट्टीले बताएको छ ।
आफ्नो प्रतिवेदनमा कोल्डिरेट्टीले चरम मौसमले बाली र कृषि पूर्वाधारमा ६ बिलियन यूरो (६.६ बिलियन अमेरिकी डलर) क्षति पु¥याएको छ । जसले देशको जैतुनको तेल, आरु, अमृत र गहुँको उत्पादनमा कमी आएको छ । देशको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको जसमँ २१० अलग–अलग चरम मौसमी घटनाहरू भएको बताइएको छ ।
९८ मध्य क्षेत्रहरूमा र ७० दक्षिणमा सिसिली र सार्डिनियाको टापु क्षेत्रहरू मौसमी विपद् आएको बताइएको छ । मौसमी घटनाहरूमध्ये धेरै बाढी, उच्च तापक्रम, वर्षाले गर्दा पहिरो गएको थियो । धेरै जसो युरोपले यस वर्ष लामो र सुख्खा गर्मी र धेरै गम्भीर मौसम घटनाहरूको सामना गरेको छ । यता टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
बिहीवार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् । राज्य सञ्चालित टीआरटी प्रशारककाअनुसार उक्त दुर्घटना उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको थियो ।
राजमार्गको इस्तानबुल दिशाको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीनवटा बस र एउटा ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो ।
साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् । टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले दुर्घटनामा तीन जना सरकारी वकिललाई उपप्रमुख सरकारी वकिलको समन्वयमा खटाइएको बताए ।