×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

अटोग्राफ लिने भन्दै नेताको गर्धनमा चक्कु प्रहार

१७ पुष २०८०

१७ पुष, एजेन्सी ।
दक्षिण कोरियामा विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकार सम्मेलनकै बेला छुरा प्रहार भएको छ । विपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

लीलाई एक अज्ञात व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् । लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए । त्यसपछि अचानक अगाडि बढेर उनीमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई अहिले अस्पताल पुर्याइएको छ ।

Advertisement
Advertisement

उनी होसमा रहेको उनको पार्टी डेमेक्र्याटिक पार्टीका अधिकारीहरूले जनाएका छन् । कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ । ५९ वर्षीय ली गत वर्ष राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका युन सुक येओलसँग पराजित भएका थिए ।

Advertisement
Advertisement

उनी मात्र ०.७३ प्रतिशत मतको अन्तरले पराजित नेता हुन् । दक्षिण कोरियाको इतिहासमै यो असाध्यै झिनो फरकले राष्ट्रपति पराजित भएको घटना थियो । राष्ट्रपति युनले आक्रमणको निन्दा गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् । ली हाल दक्षिण कोरियाको संसद्को सदस्य छैनन् । उनी सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा लड्ने अपेक्षा गरिएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top